१७ पुष २०८२ १८:५२
१७ पुष २०८२ १८:५२
नेपालको इतिहास, संस्कृति, पुरातत्व र कर्णाली क्षेत्रको पहिचानसहितको गहिरो अनुसन्धानमा जीवन समर्पण गर्ने विरलै व्यक्तित्वमध्ये योगी नरहरिनाथ एक अत्यन्त महत्वपूर्ण नाम हुन्। केही समयअघि कर्णाली क्षेत्रका इतिहास, पुरातित्व, भाषा, भूगोल र सांस्कृतिक परिवेशबारे अध्ययन गर्ने अवसरका क्रममा योगी नरहरिनाथको व्यक्तित्व, जीवनदर्शन तथा योगदानसँग प्रत्यक्ष परिचय हुने मौका मिल्यो। यद्यपि ती कुराहरूलाई तत्काल प्रकाशनको रूप दिन सकिएको थिएन, तर आजको पुस्ताले इतिहासबाट मार्गदर्शन लिनैपर्ने अवस्थालाई मनन गर्दा उनका विचार, योगदान र जीवनगाथालाई व्यवस्थित रूपमा प्रस्तुत गर्नु आजको आवश्यकता बनेको छ। सार्वजनिक जीवनमा प्रवेश गर्ने जो–कसैका लागि इतिहासका यस्ता व्यक्तित्व आदर्शका रूपमा उभिन सक्छन्। योगी नरहरिनाथलाई आध्यात्मिक गुरू, विद्वान इतिहासकार, संस्कृत साहित्यका…