Skip to main content

Yug Post

प्रमुख समाचार

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँबस्ती र त्यहाँका मानिसको जीवनसँग जति नजिक पुग्दै जान्छु, त्यति नै यस भूगोलभित्र लुकेका कथा र सम्भावनाहरूले मलाई तान्दै लैजान्छन् । बिशाल खस साम्राज्यको ऐतिहासिक विरासत सिंजाको सभ्यता, नेपाली भाषाको उत्पतिसँग जोडिएको भूगोल, देउडाको लय, मार्सीधानका खेत, हिमाली स्याउका बगैँचा र कठिन भूगोलमा पनि आत्मीयता बाँडेर बाँचिरहेका मानिसहरू–कर्णालीलाई बुझ्ने मेरो यात्रा यिनै विषयको वरिपरि घुमिरहेको छ । विगत केही वर्षदेखि कर्णालीका विभिन्न जिल्लामा पुग्ने,त्यहाँको इतिहास, धर्म, संस्कृति,पर्यटन,कृषि र जनजीवन बुझ्ने अवसर पाइरहेको छु । प्रश्नको उत्तर खोज्दै कर्णाली यात्रा…
Read More
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पीडित पक्षसँग भएको सहमतिअनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रदर्शनका क्रममा सुनसरीमा ३ र सिरहामा १ गरी ४ जनाको ज्यान गएको थियो । यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ । प्रवक्ता पोखरेलका अनुसार…
Read More
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाह द्वारा जारी प्रेस विज्ञप्तिमा  उल्लेख छ कि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको छ। उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिए। विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।” सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको…
Read More
देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति र भोलि पनि धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेकाले…
Read More
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ । यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ…
Read More
प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू

प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू

काठमाण्डौ – प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू भएको छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो । अहिले बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए गाडी चालक अनुमतिपत्र,…
Read More
निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको छ : निर्वाचन आयाेग

निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको छ : निर्वाचन आयाेग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए  । आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए ।आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा…
Read More
इरानको रिभोल्युसनरी गार्डद्वारा बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त

इरानको रिभोल्युसनरी गार्डद्वारा बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त

काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ।इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख इसास्थित अमेरिकी हवाइ सेनाको अखडालाई तहसनहस पारिएको जनाएको छ।अमेरिकी सेना बसेको भवन नष्ट भएको र इन्धन ट्यांक पनि विष्फोट भएको दावी गरिएको छ। फार्स न्युज एजेन्सीले जारी गरेको भिडिओमा टाढाबाट अमेरिकी सैन्य शिविरमा रकेट हमला भइरहेको देखाइएको छ।यो हमलाबारे अमेरिकाले केही प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकी नौसैनिक अड्डामा धुँवा उडेको देखाइएको थियो।यसैबीच अमेरिकाले बहराइनसहित अन्य देशमा रहेका आफ्ना नागरिकलाई तत्काल त्यहाँबाट बाहिर निस्कन सूचना जारी गरेको छ।
Read More
धनुषा १ उम्मेदवार साहको उम्मेदवार खारेज

धनुषा १ उम्मेदवार साहको उम्मेदवार खारेज

काठमाण्डाै – धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका कारण उहाँको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ ।
Read More
आज राति १२ बजेदेखि सीमानाका बन्द हुने

आज राति १२ बजेदेखि सीमानाका बन्द हुने

काठमाण्डौ – अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सिफारिसमा सरकारले भरे राति १२ बजेदेखी सीमानाका बन्द गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा निर्देशिकामा मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । मतदान सकिएपछि मात्रै नाका खुल्ला हुनेछन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search