Skip to main content

Yug Post

शहिदमार्गको नुवागाउँ – तिला सडक खण्डको गाईविसौनामा बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु

Advertisement

रोल्पाको शहिदमार्गको नुवागाउँ – तिला सडक खण्डको गाईविसौनामा बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते भएका छन् ।

२०८२ साल ०९ महिना १४ गते साँझ करिब ८:२० बजेको समयमा त्रिवेणी गाउँपालिका–७ गाईविसौना स्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइकल त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी वर्ष २० का रुपेश बुढामगरले चलाएका थिए। दुर्घटनामा चालक बुढामगरको दायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका वर्ष २१ का बिलगेटस बुढामगरको टाउकोमा गहिरो चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ पठाइएकोमा उपचारकै क्रममा मिति २०८२।०९।१५ गते बिहान १०:१५ बजे चिकित्सकले मृत घोषणा गरेका स्थानीय प्रहरीले युगपोष्ट्सँग बताएको छ।

मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय होलेरी रोल्पाको हिरासतमा राखिएको छ। मोटरसाइकल चालकनै मोटरसाइकल धनी नभएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search