Skip to main content

Yug Post

तुलसीपुरमा ‘जीवन र साहित्य संवाद’ सम्पन्न,

Advertisement

तुलसीपुर, दाङ — तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ।

कार्यक्रमअन्तर्गत ‘शब्दको अर्थ, शब्दमा अर्थ’ शीर्षकमा चर्चित लेखक सुबिन भट्टराई र साहित्यकार विमल आचार्यबीच गहन संवाद सम्पन्न भयो। उक्त सत्रमा शब्द, भाव, साहित्यको सामाजिक प्रभाव र पाठकसँगको सम्बन्धबारे सारगर्भित विचार आदान–प्रदान गरिएको थियो।
त्यसैगरी ‘पानादेखि पर्दासम्म’ शीर्षकको सत्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य र  वसन्त आचार्यबीच साहित्य, रंगमञ्च र चलचित्रबीचको सम्बन्ध, सिर्जनात्मक यात्राका अनुभव तथा समाजमा कलाको भूमिकाबारे चर्चा गरिएको थियो। सहभागीहरूका लागि यो सत्र निकै प्रेरणादायी बनेको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा हरिवंश आचार्य र सुबिन भट्टराईद्वारा पुस्तक हस्ताक्षर कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुस्तक हस्ताक्षरका क्रममा पाठकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

तुलसीपुर रिडर्स क्लबले यस्ता साहित्यिक कार्यक्रममार्फत पठन संस्कृतिको प्रवर्द्धन र सिर्जनात्मक संवादलाई निरन्तर अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search