Yug Post

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार

Advertisement

घाेराही दाङ /टंक प्रकाश के .सी — पश्चिम नेपालको शक्तिशाली राज्यका रूपमा परिचित तत्कालीन जाजरकोट राज्य सञ्चालन भएको ऐतिहासिक जाजरकोट दरबार (सेतो दरबार)पुनःनिर्माणको पर्खाइमा छ। ठूलो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व बोकेको यो दरबार विगतका विभिन्न भूकम्पहरूले क्षतिग्रस्त बनाएपछि अहिले पूर्ण पुनर्निर्माण आवश्यक बनेको हो। विक्रम संवत १८५२ मा जाजरकोटका १६औँ राजा इन्द्रनारायण शाहले निर्माण गरेको सेतो दरबारलाई पछि भव्य स्वरूपमा विस्तार गर्ने काम वि.सं. १९२६ मा जाजरकोटका २०औँ राजा तथा श्री ३ जंगबहादुर राणाका ज्वाँई नरेन्द्रविक्रम शाहले गरेका थिए। दरबार निर्माणका लागि स्थानीय जाजरकोटी जनताले श्रमदान गरेका थिए भने भक्तपुरबाट नाक्चेनामक कालीगाढ बाेर्लाइएकाे थियाे ।

सुरुमा चार नालमा निर्माण गरिएको दरबार विभिन्न प्राकृतिक विपत्तिका कारण पटक–पटक मर्मत र पुनःनिर्माण हुँदै आएको छ। दक्षिणतर्फको नाल जीर्ण भएर खतरापूर्ण बनेपछि तत्कालीन जिल्ला पञ्चायतले वि.सं. २०२५ मा एक नाल भत्काएपछि अहिले दरबार तीन नालमै सीमित बनेको छ।
नेपाल सरकारले केही वर्षअघि जाजरकोट दरबारलाई मुलुकका सय वटा प्रमुख पर्यटकीय गन्तव्यमध्ये सुचिकृत गरेको थियो। तर २०७८ कार्तिक १७ गतेको शक्तिशाली भूकम्पले पुरातत्व विभागमा सूचिकृत यो दरबार पनि पूर्ण रूपमा ध्वस्त पारेको छ। अहिले दरबार पुनर्निर्माण र संरक्षणको अपेक्षामा छ भने स्थानीयवासी, सरोकारवाला निकाय र पर्यटनविद्हरूले यसलाई जाजरकोट दरबार संग्रहालयका रूपमा विकसित गर्नुपर्ने माग गर्दै आएका छन्।
ऐतिहासिक, वास्तुकला र सांस्कृतिक धरोहरका रूपमा महत्वपूर्ण मानिने जाजरकोट दरबारको दीर्घकालीन संरक्षण तथा प्रवर्द्धनका लागि शीघ्र कदम चालिनुपर्ने आवश्यकता स्थानीयमा बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search