Skip to main content

Yug Post

केशव रावल रुकुमबाट काठमाडौ पैदल हिडेको आठौं दिन ढिकपोखरी पुग्दा प्रचण्डको फोन आएपछि दौंडिए

Advertisement

रुकुमबाट पार्टी मुख्यालय पेरिस डाँडा सम्म पैदल यात्रा सुरु गरेका केशव रावल कास्की पुग्दा प्रचण्डले फोन आएपछि झन् दौडिन सुरु गरेका छन् ।


राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यले राष्ट्रिय झणडा, कम्युनिस्ट पार्टीको हँसियाहथौडा अंकित झण्डा ,पार्टीको चुनाव चिन्ह पाँच कुने तारा बोकेर पैदल यात्रा सुरु गरेका रुकुमका केशव रावलले आज नवौं दिनको यात्रा सुरु गरेका छन् ।

रुकुम पूर्वबाट सुरु गरिएको उनको पैदल यात्रा आज पोखराबाटै नवौं दिनको यात्रा सुरु गरेका छन् ।

 
उनले यात्राको क्रममा विभिन्न ठाउँका स्थानीय बासिन्दा, जनप्रतिनिधि, पार्टी शुभचिन्तक लगायतको स्वागत, सत्कार र शुभकामनाले आफ्नो यात्रा अझै सशक्त बनेको उनको भनाइ छ ।

 


पैदल यात्राकै क्रममा आठौँ दिन कास्की जिल्लाको ढिकुर पोखरी पुगेकै बेला नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रत्यक्ष टेलिफोन गरेको बताए । कम्युनिष्ट पार्टीको चुनाव चिन्ह र तारा अंकित झन्डा तथा नेपाली राष्ट्रिय झन्डाले साँच्चिकै शान्ति र समृद्धि तथा एकताको सन्देश प्रवाह भएको भन्दै प्रचण्डले फोन मार्फत आफूलाई दिएको शुभकामनाले पैदल यात्रा थप उत्साहजनक भएको रावलले बताए ।

 भौगोलिक थकावटलाई पनि नेतृत्वको एक कल फोनबाट उत्साहित बनाउदा झन् दौडिने बनाउदो रहेछ भन्ने अनुभुति भएको बताए

उनले आठौँ दिनसम्मको पैदल यात्रा पूरा गर्दा ठाउँठाउँका स्थानीयसँग सडक पूर्वाधार, पर्यटन तथा विकास निर्माणका सन्दर्भमा पनि अन्तरक्रिया गरिएको जानकारी दिए । सो क्रममा प्राप्त गुनासालाई पार्टी र नेतृत्व समक्ष राखिने रावलको भनाइ छ ।

 
उनी रुकुमका पुर्व विद्यार्थी नेता तथा युवा नेता हुन । प्रभाकर पार्टीबाट बाहिरिएपछी रुकुममा प्रचण्ड नेतृत्वको पार्टीमा ठूलो प्रभाव पार्छ कि भनेर चासोका साथ हेरिएको थियो । तर केशव रावल ,गोपाल शर्मा लगायतका थुप्रै नेताकार्यकर्ताले प्रचण्डलाई साथ दिएपछि प्रभाकर न्युन प्रभाव छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search