Skip to main content

Yug Post

विप्लव नेतृत्वको दाङ पार्टीमा पहिरो ,पुर्व जिल्ला सेक्रेटरी जनक वि क लगायत तीन दर्जन बढी नेकपामा प्रवेश

Advertisement

दाङ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिकको नेतृत्वमा दाङमा तीस कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी दाङको आयोजनामा भएको एकता घोाषणासभा तथा स्वागत कार्यक्रममा उनीहरू सो पार्टीमा समाहित भएका हुन।


पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी जिल्ला सचिवालय सदस्य दानबहादुर सी, लमही नगर कमिटीका सेक्रेटरी मुक्ति सी, पूर्व जिल्ला सदस्य भक्तबहादुर सी, लक्ष्मी सी, राकेश सी र पहरु चौधरी रहेका छन्।

त्यसैगरी प्रशु सुनार, निश्चल सुनार, मनोज सुनार, दीपक सुनार, प्रेमबहादुर बि.क., विवेक सुनार, शोभाराम सुनार, बुद्ध सुनार र राम विश्वकर्माले पनि पार्टी प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरूमा सुन्दर परियार, विवेक बि.क., युवराज बि.क., दिल परियार, सागर केसी, प्रकाश बि.क. र गोपाल बि.क. रहेका छन्। त्यस्तै नमा पुन, बिनिता अधिकारी, प्रकाश सुनार, डोमी सुनार र शान्ति बि.क. सहित अन्यले पनि पार्टी प्रवेश गरेका छन्।

कार्यक्रममा नेपाली कम्युुनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले ´मुलुकको समृद्धि र उपलब्धीको रक्षाका लागि बृहत वाम एकताको आवश्यकता रहेको र मुलुकलाई समाजवाद उन्मुुख दिशामा अगाडी बढाउन टुक्रिएका कम्युनिष्टहरु एकताको शिरामा उभिदै मुलुकको स्वाधिनता, गणतन्त्रको उपलब्धीको रक्षा, विभेद र अभावमा बाँचेका वर्ग समुुदायको उत्थानका लागि कम्युनिष्ट एकता अर्थात वाम एकताको आवश्यक रहेको औल्याउनुुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कार्य सम्पादन समितिका सदस्य भूूपबहादुर केसीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले कम्युुनिष्ट एकताको विभाजनले मुुलुुकमा आन्तरिक तथा बाह्य शक्तिकोे हस्तक्षेप बढेकाले मुलुकको रक्षाका लागि सबै कम्युनिष्ट वाम घटकहरुको एक हुने उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘मुलुकमा दुुई पार्टी पद्धतीका हो वा होईन भन्ने होईन, कम्युनिष्ट एक पार्टी पद्धतीका रुपमा लैजान खोजेका छौं । त्यो कुरामा अन्य कम्युनिष्ट पार्टीहरुको बुुझाई पनि रहेको छ । तर त्यो कुरामा आत्मसाथ गर्न नेताहरुलाई अप्ठ्यारो मात्रै लागेको हो । ’


कार्यक्रममा नवप्रवेशी नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिक कम्युनिष्टहरुको एकता अभावका कारण धेरै कम्युनिष्ट विचारधाराहरु अलमलमा पर्ने स्थितीको सिर्जना भएकाले कम्युुनिष्टहरुको एकता र नेतृत्वको बागडोर नेपाली कम्युनिष्ट पार्टीले समालेकाले सबै कम्युनिष्ट दलहरु एकताको सुत्रधारमा आउन आग्रह गर्नुुभयो ।

उनले विप्ल्पसँग भएको शक्तिले मात्र केही परिणाम दिन नसक्ने भएकाले पार्टी एकताको पहल गर्न भनेर सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search