Skip to main content

Yug Post

समाचार

अखिल(क्रान्तिकारी)  रुन्टिगढि गाउँपालिका रोल्पा को दोस्रो  सम्मेलनबाट  दिलराज परियार को अध्यक्षतामा २९ सदस्यीय कमिटी  निर्वाचित

अखिल(क्रान्तिकारी) रुन्टिगढि गाउँपालिका रोल्पा को दोस्रो सम्मेलनबाट दिलराज परियार को अध्यक्षतामा २९ सदस्यीय कमिटी निर्वाचित

नेकपा( माओवादी केन्द्र )निकट अखिल(क्रान्तिकारी) रुन्टिगढि गाउँपालिका रोल्पा को दोस्रो सम्मेलन भव्यताको साथ सप्पन्न भएको छ। सम्मेलनबाट दिलराज परियार को अध्यक्षतामा २९ सदस्यीय कमिटी निर्वाचित गरेको छ। ´ पालिका स्तरको सम्मेलन सम्पन्न गरेपछि जिल्ला सम्मेलन भाद्र ७ गते गर्नेछौँ । जसले नयाँ नेतृत्व सहितको नयाँ कमिटी निर्माण मात्र गर्न छैन अहिलेको युवा विद्यार्थीको अभिभारा पूरा गर्ने छ।`संगठनका केन्द्रिय सदस्य हरि ओलिले हामिसँगको कुराकानीमा बताए । सम्मेलन को मुख्य अतिथि नेकपा( माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन बिशिस्ट अथिथी हरुमा अखिल( क्रान्तिकारीका) केन्द्रीय सदस्य हरि बहादुर वली चिन्तन अखिल( क्रान्तिकारी )का जिल्ला सयोजक शनि मगर नेकपा (माओवादी केन्द्र) रुन्टिगढी गाउ…
Read More
दाङको राप्ती गाउँपालिकाले ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको  विरुवा वितरण गरेको छ् ।

दाङको राप्ती गाउँपालिकाले ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको विरुवा वितरण गरेको छ् ।

दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको वितरण गरेको छ् । वडा नं.४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट,६ मा रहेको ज्ञानोदय माध्यिमिक विद्यालय पत्थरगढवा र ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीका कक्षा ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई आँप र अम्बाका कलमी बिरुवा वितरण गरेको गाउँपालिकाका वन तथा वातावरण शाखाका फोकल पर्सन सुवास भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शिक्षा शाखा प्रमुख विश्वाक लगायतले विद्यार्थीहरुलाई संयुक्त रूपमा बिरुवा…
Read More
तीन महिनामा महसुल नतिरे प्राधिकरणले  लाइन जोडिएका उद्योगहरुमा  नियमानुसार फेरि लाइन काट्ने छ:कुलमान घिसिङ  :

तीन महिनामा महसुल नतिरे प्राधिकरणले लाइन जोडिएका उद्योगहरुमा नियमानुसार फेरि लाइन काट्ने छ:कुलमान घिसिङ :

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागि मात्रै विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन जोडिएको बताएका छन् । शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाभित्र बाँकी सबै पैसा तिर्नु पर्ने पनि बताए । यदि तीन महिनामा महसुल नतिरे प्राधिकरणले फेरि नियमानुसार लाइन काट्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले घिसिङलाई तत्काल लाइन जोड्न निर्देशन पनि उनले तीन दिनसम्म अडान छाडेनन् । तर त्यसपछि उनले सर्त सहित लाइन जोडिदिएका थिए ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ । तीन महिनाभित्र वक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ’, उनले भने, ‘त्यसअवधिमा उद्योगले…
Read More
समाजवादी मोर्चाको कुनै तुक छैन:उपेन्द्र यादव

समाजवादी मोर्चाको कुनै तुक छैन:उपेन्द्र यादव

गत वर्ष असार ४ गते समाजवादी मोर्चा गठनको पहल गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एक वर्षमै मोर्चाबाट बाहिरिएका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनेको थियो। तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा निष्क्रिय यो मोर्चा अहिले सक्रिय हुँदा उपेन्द्र यादव भने छन्। उपेन्द्रले समाजवादी मोर्चा छोडेनन् मात्रै उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा उभिएका छन्। यही असार ३० गते ओलीले सरकारको नेतृत्व लिए। तर गत वैशाख २३ गते पार्टी फुटाइदिए पछि प्रचण्डसँग रुष्ट यादवले त्यसबेलैदेखि समाजवादी मोर्चा छाडिसकेका थिए। त्यसयता यादवले…
Read More
एमाले अध्यक्ष ओली चाैथाेपटक प्रधानमन्त्री नियुक्त

एमाले अध्यक्ष ओली चाैथाेपटक प्रधानमन्त्री नियुक्त

काठमाण्डाै  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ । प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले…
Read More
छाउगाेठमा वसेकि एक किशाेरी वलात्कृत,घटनाकाे अनुसन्धान हुदै

छाउगाेठमा वसेकि एक किशाेरी वलात्कृत,घटनाकाे अनुसन्धान हुदै

अछाम : छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी हुन । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन । उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन । स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार…
Read More
नेपाल दक्षिण अफ्रिकासग १ रनले पराजित

नेपाल दक्षिण अफ्रिकासग १ रनले पराजित

काठमाडाै  : नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए । ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२…
Read More
स्वास्थ्य चाैकिकाे फ्रिजमा मदिरा राख्ने कर्मचारीलाई नियमानुसार कार्वाही हुन्छ : मेयर ढकाल

स्वास्थ्य चाैकिकाे फ्रिजमा मदिरा राख्ने कर्मचारीलाई नियमानुसार कार्वाही हुन्छ : मेयर ढकाल

अछाम : कमलबजार नगरपालिका अन्तर्गतको एक अस्पतालको औषधी राख्ने फ्रिजमा तिनवटा बियरका बोतल भेटिएकाे समाचार वाहिरिय पछि उक्त कर्मचारिलाई आजै नगरपालिका कार्यालय वाेलायर स्पष्टीकरण साेध्ने र नियमानुसार कार्वाही प्रकृया अगाडि वढाउने कमलवजार नगरपालिका का नगरप्रमुख यज्ञ प्रसाद ढकाल ले वताउनु भयाे । अछामको कमलबजार नगरपालिका-९ मष्टाबण्डाली स्थित स्वास्थ्य चौकीमा खोप लगायत स्वास्थ्य सामग्री राख्नको लागी प्रयोग गरिएको ‘फ्रिज’ मा मादक पदार्थ ३ वटा बियरका बोतल भेटिएका हुन् । स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा चर्चा नै भएपछी चौतर्फी विरोध आलाेचना तथा जनगुनासाे व्यापक भएको छ ।
Read More
अत्याधिक गर्मी का कारण विद्यार्थी वेहाेस

अत्याधिक गर्मी का कारण विद्यार्थी वेहाेस

तुल्सिपुर दाङ :अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर - ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहु विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिनुभएको छ । विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो । अत्यधिक गर्मीका कारण दाङका अन्य विद्यालयमा पनि विद्यार्थीहरु बेहोस भएको खबर प्राप्त भएको छ । उता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले फेरी केहि दिनका लागि गर्मी बिदा दिने बारे छलफल भईरहेको जानकारी दिनुभएको छ । नगर प्रमुख टिकाराम खड्का जिल्ला बाहिर भएकोले…
Read More
गायिका एलिना चाैहानले किन रुदै भिडियाे वनाइन ,कारण यस्ताे रहेछ

गायिका एलिना चाैहानले किन रुदै भिडियाे वनाइन ,कारण यस्ताे रहेछ

काठमाडौं : गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् । उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’ एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’ यो क्याप्सन अर्थपूर्ण देखिन्छ । गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन् । कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन् ।कतिपयले एलिनाले अभिनय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search