Yug Post

गायिका एलिना चाैहानले किन रुदै भिडियाे वनाइन ,कारण यस्ताे रहेछ

Advertisement

काठमाडौं : गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।

उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’

एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’ यो क्याप्सन अर्थपूर्ण देखिन्छ ।

गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन् । कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन् ।कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने भन्दै टिप्पणी गरेका छन् । धेरै जनाले के भयो भने प्रश्न सोधिरहेका छन् ।

यी सबै जिज्ञासाको जवाफ दिंदै एलिनाले लेखेकी छिन्, ‘यो अभिनय मात्र हो है, गीत मन परेर । नराम्रो नसोच्नु होला कसैले ।’वैशाखमा विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अष्ट्रेलियामा छिन् । उनी सधैंका लागि त्यता बस्न लागेको अनुमान पनि छ । यसै महिना उनले अस्ट्रेलियाको एक रेकर्डिङ स्टुडियोमा तीन गीत रेकर्ड गरेकी थिइन् । अस्ट्रेलिया जानुअघि उनले आवश्यक परे, सांगीतिक कार्यक्रमका लागि आफू नेपाल आउने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search