Skip to main content

Yug Post

समाजवादी मोर्चाको कुनै तुक छैन:उपेन्द्र यादव

Advertisement

गत वर्ष असार ४ गते समाजवादी मोर्चा गठनको पहल गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एक वर्षमै मोर्चाबाट बाहिरिएका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनेको थियो। तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा निष्क्रिय यो मोर्चा अहिले सक्रिय हुँदा उपेन्द्र यादव भने छन्।
उपेन्द्रले समाजवादी मोर्चा छोडेनन् मात्रै उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा उभिएका छन्।
यही असार ३० गते ओलीले सरकारको नेतृत्व लिए। तर गत वैशाख २३ गते पार्टी फुटाइदिए पछि प्रचण्डसँग रुष्ट यादवले त्यसबेलैदेखि समाजवादी मोर्चा छाडिसकेका थिए। त्यसयता यादवले मोर्चाको कुनै कार्यक्रममा भाग लिएनन्। यादव मोर्चामा नरहेको पुष्टि माओवादी केन्द्रका महासचिव देव गुरुङले गरेका छन्।

‘समाजवादी मोर्चाको कुनै तुक छैन। खाली चर्चाका लागि मात्रै भयो। विचार, सिद्धान्त र नीति, विधि नमिलेसम्म के को मोर्चा र एकता ?’

जसपा अध्यक्ष यादव समाजवादी मोर्चा नाममात्रैको भएकाले यसबारे चर्चा गरेर समय बर्बाद गर्नुको अर्थ नहुने बताउँछन्।

‘समाजवादी मोर्चाको कुनै तुक छैन। खाली चर्चाका लागि मात्रै भयो। विचार, सिद्धान्त र नीति, विधि नमिलेसम्म के को मोर्चा र एकता ?’, यादव प्रश्न गर्छन्, ‘प्रचण्डजीले पूर्वमाओवादीलाई त एकै ठाउँमा ल्याउन सक्नु भएको छैन।
कसरी आए ओलीको कित्तामा उपेन्द्र ?
उपेन्द्र सत्ता केन्द्रित नेतामध्ये एक हुन् । उनी आफैँ पटकपटक मन्त्री बनिसकेका छन् । तर यस पटक भने उनले बाहिरै बसेर ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिए ।

कतिपयले यादवको यो कदमलाई प्रचण्डसँगको रिस फेर्ने रुपमा हेरेका छन् । यसबारे यादव भन्छन्, ‘सरकारको स्थायित्व र देश विकासका लागि लोभ नगरी सरकारलाई समर्थन दिएँ ।’

आफ्नो पार्टी फुटाउन ठूला पार्टीले भूमिका खेलेको ओली लक्षित टिप्पणीबारे उनको बुझाइ फरक छ । ‘म गुण र दोषका आधारमा चल्ने मान्छे हो । मलाई त्यस्तो लागेको छैन । उहाँसँग म निरन्तर संवादमा छु । तर मैले बाहिर बसेर साथ दिन्छु भनेको छु’, यादवले भने । उनले पार्टी फुटाउन ओलीले भन्दा बढी भूमिका प्रचण्डले खेलेको संकेत गरे ।
हामीले यहि कुरा एक माओवादी नेतालाई सोध्दा उनले भने ´ यादव जि नितान्त सत्ता लिप्त नेता हो । उहाँ आफ्नै पार्टी भित्र बाट अल्पमतमा पर्नुभएको हो। उहाँले हामिलाई हिलो छ्याप्ने काम गरे पनि वास्तव मा उहाँकै अनुहारमा हिलो छ ।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search