Yug Post

एमाले अध्यक्ष ओली चाैथाेपटक प्रधानमन्त्री नियुक्त

Advertisement

काठमाण्डाै  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।

प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।

ओली अहिले चाैथाेपटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ पहिलो पटक २०७२ सालको असोज २४ गते र दोस्रोपटक २०७४ सालको फागुन ३ गते र तेस्राेपटक २०७८ सालकाे वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य भएसँगै ओली प्रधानमन्त्री बन्नुभएको हो । अर्को चुनावसम्म एमाले र कांग्रेसले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search