Yug Post

तीन महिनामा महसुल नतिरे प्राधिकरणले लाइन जोडिएका उद्योगहरुमा नियमानुसार फेरि लाइन काट्ने छ:कुलमान घिसिङ :

Advertisement

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागि मात्रै विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन जोडिएको बताएका छन् ।
शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाभित्र बाँकी सबै पैसा तिर्नु पर्ने पनि बताए । यदि तीन महिनामा महसुल नतिरे प्राधिकरणले फेरि नियमानुसार लाइन काट्ने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले घिसिङलाई तत्काल लाइन जोड्न निर्देशन पनि उनले तीन दिनसम्म अडान छाडेनन् । तर त्यसपछि उनले सर्त सहित लाइन जोडिदिएका थिए ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ । तीन महिनाभित्र वक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ’, उनले भने, ‘त्यसअवधिमा उद्योगले बुझाउनुपर्ने पैसा नबुझाए प्राधिकरणले आवश्यक निर्णय गर्नेछ ।’

केही उद्योगले लोडसेडिङ हटेपछि पनि वक्यौता भुक्तानी गरिरहेको जानकारी दिए ।‘केही उद्योगले पैसा तिरिरहनुभएको छ । कसैले लोडसेडिङ हटेपछि पनि तिरिरहेका छन्’, उनले भने, ‘हाम्रो रेकर्डअनुसार १७४ उद्योगले तिरेका छन् । वक्यौता नलिने भए लिइसकेका उद्योगको पैसा फिर्ता गर्न हामी तयार छौँ । `

घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा चलेको पनि जानकारी दिए । ‘हामी ४६ अर्ब सञ्चित नाफा छौँ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्दा ६० अर्ब नाफामा पुग्छौँ ।’

डेडिकेटेड र टंक लाइन विवाद बढेपछि प्राधिकरणले अघिल्लो साता ६ उद्योगको लाइन काटिदिएको थियो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्राधिकरणसँग द्वन्द्व देखिएको थियो । ओलीले कुलमानलाई बालुवाटारमै बोलाएर लाइन जोड्न निर्देशन दिएका थिए । तर प्राधिकरणले तीन महिनाभित्र सबै वक्यौता भुक्तानीको शर्तमा लाइन जोडिदिएको छ

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search