Skip to main content

Yug Post

समाचार

पार्टीलाई ०८४ मा पहिलो बनाउने संकल्प लिएर घर फर्किनुस:रन्जित तामाङ

पार्टीलाई ०८४ मा पहिलो बनाउने संकल्प लिएर घर फर्किनुस:रन्जित तामाङ

काठमाडौँ । अखिल( क्रान्तिकारी )का पूर्वअध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले ०८४ मा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन विद्यार्थीलाई आग्रह गरे । अखिल( क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मलेनमा बोल्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय, विश्वविद्यालय सुधार लगायत विषयमा  प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले ०८४ मा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन विद्यार्थीलाई आग्रह गरे ।  ‘प्रचण्डको नेतृत्व र विद्यार्थी सँगसँगै अगाडि बढेमात्र हामी समाजवादमा पुग्न सक्छौँ । अहिले सम्पूर्णले उहाँलाई सहयोग र समर्थन गर्नुपर्छ’, तामाङले भने उनले प्रचण्डलाई सबैले समर्थन गरेमात्र समाजवादको लक्ष्यमा पुग्न सकिने जिकिर समेत गरेका हुन् ।
Read More
विद्यार्थी संख्या बढाउन नव नेपाल क्याम्पस प्रमुख केसी नेतृत्वको टिम अभियानमा

विद्यार्थी संख्या बढाउन नव नेपाल क्याम्पस प्रमुख केसी नेतृत्वको टिम अभियानमा

नव नेपाल क्याम्पस रोल्पाले शैक्षिक सत्र २०८१/८२ का लागी ४ बर्षे बिएड प्रथम बर्षमा भर्ना अभियान संचालन गर्ने जिल्लाका विभिन्न स्थानमा पुगेर प्रचारप्रसार गरेको छ। क्याम्पस संचालक समिति अध्यक्ष ,क्याम्पस प्रमुख गोपिन्द्र केसी ,समिति सदस्य देव बहादुर डाँगी, लेखा कर्मचारी टेक बहादुर वली र परीक्षा शाखा कर्मचारी तेजेन्द्र खड्का लगायतको टिम भदै ३१ गते देखी माडी गाउँपालीका केन्द्र घर्तीगाउँ त्यस्तै गरि सोही पालीकाकै ,तालाबाङ सिस्ने परिवर्तन गाउँपालीका केन्द्र पुतलाचौर खरीबोट , उपाबाङ लगायतका स्थानमा पुगेर जनप्रतिनिधि ,राजनीतिक दल, पुर्व विद्यार्थी, अभिभावक , र विद्यार्थी सँग प्रत्यक्ष भेटेर भर्ना अभियानमा सहयोग गर्न अनुरोध गरेको क्याम्पस प्रमुख केसीले युगपोष्टसँग बताए । रोल्पाको…
Read More
संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

काठमाणडौ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले यसअघिको संसदमा अवरोध गर्नु सही भएको निष्कर्षसहित एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्तिबाट शान्ति सम्झौता र संविधानको अपमान भएको ठहर गरेको छ । अस्ति बुधवार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो । माओवादीकाे अवरोधकै कारण संसद् बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाइ अपमानित गरिएको र यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै आजको बैठकले उपपसभामुख इन्दिरा रानाले भिसा अन्तर्वार्ताका…
Read More
गलकाेट दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सहित ३ काे मृत्यु

गलकाेट दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सहित ३ काे मृत्यु

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो । दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न…
Read More
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने

गए रातीदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार बिहीबार राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई…
Read More
राेल्पामा बन्दुकको बटकाे प्रहार गरि एक बृद्धकाे हत्या

राेल्पामा बन्दुकको बटकाे प्रहार गरि एक बृद्धकाे हत्या

  रोल्पा -थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या भएको छ | रोल्पा जिल्ला थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङ जाजरकोट बस्ने अन्दाजी बर्ष ३५ को रामकुमार रोका मगर ( सन्ते)ले सोही गाउँ जाजरकोट निबासी बर्ष ७१ का सारु रोका मगर लाई बन्दुकको बटले टाउकोमा हानी आज दिउँसो अन्दाजी १२:३० समयमा हत्या गरेको ईलाका प्रहरी कार्यालय थवाङले जनाएको छ । हत्यारा रामकुमार रोका मगर ( सन्ते) लाई प्रहरीले तत्काल नियन्त्रणमा लिए पनि घटना किन भएको हो भन्ने बारे पुरा विवरण खुलेको छैन । ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट मुद्दाको फाँटकाे टोलि मुचुल्का उठाउन घटना स्थल तर्फ लागेको छ। घटनाको थप विवरण…
Read More
मोटरसाइकलले ठक्कर दिदा  घोडाको मृत्यु चालक गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङ -मोरङमा मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।    मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर पछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते भएका छन्  उनको अहिले नोवेल अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More
सरकारमा हुँदा सुरु गरेको भ्रष्टाचार विरुद्ध संघर्ष अब सदन र सडकमा बिस्तार गर्छौं  :वर्षमान पुन

सरकारमा हुँदा सुरु गरेको भ्रष्टाचार विरुद्ध संघर्ष अब सदन र सडकमा बिस्तार गर्छौं :वर्षमान पुन

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताका छन् । पार्टी सम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।” उपमहासचिव पुनले प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन् । उनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने…
Read More
ब्राजिलमा दुर्घटना भएको विमान २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो

ब्राजिलमा दुर्घटना भएको विमान २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो। त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै  एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो। सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ।   उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई  मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।   दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ।मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्। जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।…
Read More
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान ।

काठमाडौं : बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान । आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ।  राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ। प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन्। प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ प्रस्थान गरेको बताइएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी हुन्। अगरताला भारतको त्रिपुरा राज्यको राजधानी हो। प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। यसैबीच बंगलादेशका सेना प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। देशको अवस्थाबारे जानकारी दिन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search