Skip to main content

Yug Post

गलकाेट दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सहित ३ काे मृत्यु

Advertisement

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो ।

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बागलुङ जिल्लाको गलकोटमा उपाध्यक्ष सवार जिप दुर्घटनामा परेको दुखद खबर आएको जानकारी दिनुभयो । उहाँले थप विवरण आउन बाँकि रहेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search