Skip to main content

Yug Post

संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

Advertisement

काठमाणडौ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले यसअघिको संसदमा अवरोध गर्नु सही भएको निष्कर्षसहित एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्तिबाट शान्ति सम्झौता र संविधानको अपमान भएको ठहर गरेको छ ।

अस्ति बुधवार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो । माओवादीकाे अवरोधकै कारण संसद् बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको थियो ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाइ अपमानित गरिएको र यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै आजको बैठकले उपपसभामुख इन्दिरा रानाले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको तर १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजिएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे त्यसको प्रतिवाद गर्ने निर्णयसमेत भएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search