Skip to main content

Yug Post

ब्राजिलमा दुर्घटना भएको विमान २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो

Advertisement

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो। त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै  एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो।

सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ।  

उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई  मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।  

दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ।मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्।

जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।

दुर्घटनाग्रस्त जहाजको ब्याक बक्स भेटिइसकेको छ। दुर्घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको एयरलाइन्स सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनापछि ब्राजिल सरकारले तीन दिन शोक मनाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search