Skip to main content

Yug Post

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान ।

Advertisement

काठमाडौं : बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान । आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ। 

राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ। प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन्। प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ प्रस्थान गरेको बताइएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी हुन्। अगरताला भारतको त्रिपुरा राज्यको राजधानी हो।

प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। यसैबीच बंगलादेशका सेना प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। देशको अवस्थाबारे जानकारी दिन उनले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्।  

जुलाई पहिलो सातादेखि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सुरू भएको थियो। उक्त आन्दोलन अहिले सरकारविरुद्ध मोडिएको छ। आन्दोलनकारीको माग केही सम्बोधन गरिए पनि पछिल्लो समय प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन उग्र बनेको हो। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सयको मृत्यु भएको छ। सन् २००९ देखि शेख हसिना बंगलादेशको निरन्तर प्रधानमन्त्री बन्दै आएकी छन्। 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search