४ श्रावण २०८१ २२:१९
४ श्रावण २०८१ २२:१९
प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा बक्यौता नबुझाउदै लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली प्राधिकरणले काटेको थियो l शुक्रबार उद्योगी र प्रबन्ध निर्देशक घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई छलफलका लागि बोलाएका ओलीले विद्युत काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न निर्देशन दिएका हुन् । यसअघि घिसिङले कुनैपनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाएरै छोड्ने घोषणा गरेका थिए । यता उद्योगीहरुले भने नक्कली बिल नतिर्ने बताउँदै आइरहेका छन् । आजका छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक…