Yug Post

रोचक

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी  गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ । ‘हातैमा चुरा छनछन ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । <iframe width="100%" height="315" src="https://www.youtube.com/embed/j_p2BVbaB1o?si=hcY67AXcGnlfU-tl"
Read More
कविता : “ए मन नपरेको मान्छे “

कविता : “ए मन नपरेको मान्छे “

  तिम्रो आकृति भुल्न म अनेक प्रयास गर्छु जसले निदरीमा पनि तर्साउने गर्छ तिमी आउँदा म फिक्का रङ देख्छु जसरी पानीमा तेल तैरने गर्छ । म बिहानीको मिर्मिरे सरी उदाउदा तिमि हेमन्तको कुहिरो बनी ढाक्छौ म आमा आमा भनी रोइरहेको दुधे बालक तिमी च्याप्प समाइ पच्छार्न खोज्छौ वास्तव मै तिमी मलाई म देखी खोसिरहेछौ । तिमी मेरो दुश्मन त होइनौ तर पनि म बेहद घृणा गर्छु तिम्रा हिमाल झैँ दन्तेलहर भनी तारीफ गर्छन यहाँ म गर्जिएका सिंहका बङ्गारा सम्झन्छु तिम्रो हेराइले नै मलाई तिखो काडा जसरी घोच्छ तिमि नै भन अब म तिमिलाइ के भनेर सम्बोधन गरुँ 'मन नपरेको मान्छे'…
Read More
स्वास्थ्य चाैकिकाे फ्रिजमा मदिरा राख्ने कर्मचारीलाई नियमानुसार कार्वाही हुन्छ : मेयर ढकाल

स्वास्थ्य चाैकिकाे फ्रिजमा मदिरा राख्ने कर्मचारीलाई नियमानुसार कार्वाही हुन्छ : मेयर ढकाल

अछाम : कमलबजार नगरपालिका अन्तर्गतको एक अस्पतालको औषधी राख्ने फ्रिजमा तिनवटा बियरका बोतल भेटिएकाे समाचार वाहिरिय पछि उक्त कर्मचारिलाई आजै नगरपालिका कार्यालय वाेलायर स्पष्टीकरण साेध्ने र नियमानुसार कार्वाही प्रकृया अगाडि वढाउने कमलवजार नगरपालिका का नगरप्रमुख यज्ञ प्रसाद ढकाल ले वताउनु भयाे । अछामको कमलबजार नगरपालिका-९ मष्टाबण्डाली स्थित स्वास्थ्य चौकीमा खोप लगायत स्वास्थ्य सामग्री राख्नको लागी प्रयोग गरिएको ‘फ्रिज’ मा मादक पदार्थ ३ वटा बियरका बोतल भेटिएका हुन् । स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा चर्चा नै भएपछी चौतर्फी विरोध आलाेचना तथा जनगुनासाे व्यापक भएको छ ।
Read More
विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

काठमाडौं : बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् । बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ । सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो । अशोक राईले जसपा नेपाल फुटाएर जसपा गठन गरेपछि गठबन्धनमा…
Read More
मुस्लिम  समुदायमा  आज इद  रौनकताका साथ मनाइदै

मुस्लिम समुदायमा आज इद रौनकताका साथ मनाइदै

– मुस्लिम धर्मावलम्बीले आज इद (इद उल फित्र) पर्व मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।अरबी पात्रो हिजरी सम्वत् अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।खुसीपूर्वक दान गरेर दीन–दुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान…
Read More
दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक  झामाथि जनकारबाही

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक झामाथि जनकारबाही

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै कालाेमाेसाे दली जनकारबाही गरेका छन । यसअघि २९ माघमा सोही पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि पनि कार्यालय परिसरभित्र कालाेमाेसाे दलेका  थिए । शुक्रबार बिहान उनीहरु डीडीसीका महाप्रबन्धक झामाथि जाइलागेका छन् । सो क्रममा हात हालाहाल भएको थियो । त्यसपछि क्रान्तिकारी युवा संगठन जिन्दावाद भन्दै उनीहरु त्यहाँबाट भागेका थिए । क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले महाप्रबन्धक झाले भ्रष्टाचार र अनियमितता गरेकाले मोसो दलेको बताए । झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको,…
Read More
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
Read More
नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search