Yug Post

समाचार

निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको छ : निर्वाचन आयाेग

निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको छ : निर्वाचन आयाेग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए  । आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए ।आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा…
Read More
११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ दलमध्ये ११ वटाले मात्र खाता खोलेका छन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । चुनावमा राजनीतिक दल र…
Read More
तुलसीपुरमा ‘जीवन र साहित्य संवाद’ सम्पन्न,

तुलसीपुरमा ‘जीवन र साहित्य संवाद’ सम्पन्न,

तुलसीपुर, दाङ — तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ। कार्यक्रमअन्तर्गत ‘शब्दको अर्थ, शब्दमा अर्थ’ शीर्षकमा चर्चित लेखक सुबिन भट्टराई र साहित्यकार विमल आचार्यबीच गहन संवाद सम्पन्न भयो। उक्त सत्रमा शब्द, भाव, साहित्यको सामाजिक प्रभाव र पाठकसँगको सम्बन्धबारे सारगर्भित विचार आदान–प्रदान गरिएको थियो। त्यसैगरी ‘पानादेखि पर्दासम्म’ शीर्षकको सत्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य र  वसन्त आचार्यबीच साहित्य, रंगमञ्च र चलचित्रबीचको सम्बन्ध, सिर्जनात्मक यात्राका अनुभव तथा समाजमा कलाको भूमिकाबारे चर्चा गरिएको थियो। सहभागीहरूका लागि यो सत्र निकै प्रेरणादायी…
Read More
पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार

घाेराही दाङ /टंक प्रकाश के .सी — पश्चिम नेपालको शक्तिशाली राज्यका रूपमा परिचित तत्कालीन जाजरकोट राज्य सञ्चालन भएको ऐतिहासिक जाजरकोट दरबार (सेतो दरबार)पुनःनिर्माणको पर्खाइमा छ। ठूलो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व बोकेको यो दरबार विगतका विभिन्न भूकम्पहरूले क्षतिग्रस्त बनाएपछि अहिले पूर्ण पुनर्निर्माण आवश्यक बनेको हो। विक्रम संवत १८५२ मा जाजरकोटका १६औँ राजा इन्द्रनारायण शाहले निर्माण गरेको सेतो दरबारलाई पछि भव्य स्वरूपमा विस्तार गर्ने काम वि.सं. १९२६ मा जाजरकोटका २०औँ राजा तथा श्री ३ जंगबहादुर राणाका ज्वाँई नरेन्द्रविक्रम शाहले गरेका थिए। दरबार निर्माणका लागि स्थानीय जाजरकोटी जनताले श्रमदान गरेका थिए भने भक्तपुरबाट नाक्चेनामक कालीगाढ बाेर्लाइएकाे थियाे । सुरुमा चार नालमा निर्माण…
Read More
रोल्पा सहिद मार्गको दहवन – त्रिवेणी सडक खण्ड अती दुर्घटनाग्रस्त  खण्ड भएको छ,फेरि ट्रक दुर्घटना

रोल्पा सहिद मार्गको दहवन – त्रिवेणी सडक खण्ड अती दुर्घटनाग्रस्त खण्ड भएको छ,फेरि ट्रक दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका २ भाङ्गोबारीमा फेरि दुर्घटना भएको छ । आज सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ। सहिद मार्गको दहबन -त्रिवेणी सडक खण्ड अति दुर्घटनाग्रस्त सडक खण्ड बनेको छ।केही महिना अगाडि मात्र मदत भन्डारी लोकमार्गमा काम गर्न कर्मचारी चढेको गाडी दुर्घटना भएको थियो । त्यस भन्दा केही समय अगाडी यात्रुबाहक गाडी सोही सडक खण्डमा दुर्घटना भएको थियो । सोही सडक खण्डमा आज फेरि सिमेन्ट बोकेर रोल्पाको परिवर्तन गापा दुईखोलीतर्फ जाँदै गरेको ना १ क ३०५२ नम्बरको ट्रक सहिदमार्गअन्तर्गत भाङ्गोबारी भन्ने स्थानमा दुर्घटना भएको छ। हेटौडा नगरपालिका–१३ घर का चालक विवेक सिंह उनी सँग सवार त्रिवेणी–७, रोल्पाका केशर वि.क सामान्य घाइते…
Read More
चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान पृथ्वीमा फर्कियाे

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान पृथ्वीमा फर्कियाे

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूवर्क पृथ्वीमा फर्किएको छ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहित वैज्ञानिकहरूको टोली चीन अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएको हो । यी नमूनाहरू चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै ग्लोबल टाइम्सले जानकारी दिएको छ । फिर्ता गरिएका नमूनाहरूमा जीवन विज्ञान, सामग्री विज्ञानसँग सम्बन्धित २६ प्रयोगात्मक परियोजनाहरू समावेश छन् । वैज्ञानिकहरूले पृथ्वी फर्काइएका मुसाहरूको व्यवहार, प्रमुख शारीरिक सङ्केतकहरू तथा जैव–रासायनिक सूचकहरूको प्रारम्भिक परीक्षण गर्दै अन्तरिक्ष वातावरणमा देखिने तनाव प्रतिक्रिया तथा अनुकूली परिवर्तनहरूको विश्लेषण गर्ने तयारी गरेका छन् । यस्ता परीक्षणहरूले जीवहरूमा अन्तरिक्ष वातावरणले पार्ने व्यापक प्रभाव बुझ्न महत्वपूर्ण वैज्ञानिक…
Read More
चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनको एक मेडिकल टोलीले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभ–जी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ । उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा रहेको एक अस्पतालमा दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ । उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगेर पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए…
Read More
तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले…
Read More
ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

१ . दशै तथा दीपावली प्रति तपाईको दृष्टिकोण के हो? दशै प्रकृति संग सम्बन्धित  पर्व हाे । बर्षा ऋतु सकिएर शरद ऋतु लाग्दा शुरु हुने पर्व हाे । बर्षातकाे कालरात्री जितेर स्वच्छ शरदकाे उज्यालोमा प्रवेश गरेको खुसियालीमा मनाइने पर्व हुन दशै र तिहार वा दिपावली । जेठ असारमा लगाएको बाली भित्र्याउने र भित्र राखेको बिउ छर्ने समय भएकोले दशैमा जमरा राख्ने चलन चलेको हाे । याे एक त अहिले छर्ने अन्नपात काे अवस्था कस्तो छ ? साल समय कस्तो छ ? भनेर गरिने परम्परागत बिउ परिक्षण हाे, भने अर्को स्वास्थ्यका रुपले बर्षमा एकदिन मात्रै भए पनि जमरा नखाए पनि कानमा…
Read More
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

काठमाण्डौ – दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ । दशैँ अवधिभर काठमाण्डौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीसहित देशभरका शक्तिपीठमा दर्शनार्थीको घुुईंचो लाग्छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search