Yug Post

भारतमा भएको ग्याँस विस्पाेटमा ५ नेपालीको मृत्यु

Advertisement

काठमाण्डौ – भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्याँस लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए ।

घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो ।

घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार राति सबै परिवार कोठामै रहेका बेला खाना पकाउने क्रममा ग्याँस विस्फोट भएको थियो । मदनको परिवार ६ वर्षदेखि भारतमा बस्दै आएको थियो । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम र उहाँकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीलाई स्थानीय विद्यालयमा पढाउँदै आएका थिए ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको जानकारी दिनुभएको छ । परिवार सम्पर्कमा आएपछि क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्ने उहाँले बताउनुभयो । मृतकको शव व्यवस्थापनमा बेंग्लुरुमा रहेको  नेपाली समुदाय र राजदूतावास मिलेर काम थालेका पनि उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search