Yug Post

खेलकुद

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन भएको छ ।दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन पूर्व सभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो। सनस्टार युवा क्लबको आयोजनामा सदरमुकाम लिवाङ मा शनिबार सुरु भएको पहिलो खेलमा आयोजक सनस्टार युवा क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सनस्टार युवा क्लब र मधेश प्रदेश बीच भएको खेलामा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको थियो । त्यस्तै त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच भएको खेल भने रोचक बनेको थियो । त्रिभुवन आर्मी क्लबलाई २३ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको कर्णालीले खेललाई निरन्तरता दिन…
Read More
कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले विजयी

कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले विजयी

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो । कर्णालीका  लागि  चाडविक वाल्टनले ४२,  बाबर हायातले ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झाले ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे। पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको  पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।
Read More
रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालिका स्तरीय  शुभकामना क्रिकेट कप हुने भएको छ।

रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालिका स्तरीय शुभकामना क्रिकेट कप हुने भएको छ।

रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालालिका स्तरीय शुभकामना क्रिकेट कप हुने भएको छ। परिवर्तन गाउँपालीका खेलकुद बिकास समितिको आयोजनामा बढा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा कार्तिक ९ गते देखी ११ गते सम्म ´परिवर्तन गाउँपालीका शुभकामना कप ,रोल्पा जिल्ला अन्तर पालीका स्तरीय प्रतियोगिता २०८१ ` संचालन हुन लागेको हो। जुन प्रतियोगिता जित्ने टिमले पच्पन्न हजार पान सय पच्पन्न नगत राशि सहित टफि मेड्ल प्रमाणपत्र पाउनेछ । भने दोस्रो बिजेता टिमले तेत्तीस हजार तिन सय तेत्तीस नगत राशि सहित ट्फि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । खेलाडी दर्ता कार्तिक ८ गते पाँच बजे भित्र नै गर्नुपर्ने छ भने आयोजकले आफ्नै केही नियम…
Read More
नेपाल दक्षिण अफ्रिकासग १ रनले पराजित

नेपाल दक्षिण अफ्रिकासग १ रनले पराजित

काठमाडाै  : नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए । ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२…
Read More
विश्वकप का वाकी खेल खेल्न क्रिकेटर सन्दिप लामिछाने वेस्टइण्डिज

विश्वकप का वाकी खेल खेल्न क्रिकेटर सन्दिप लामिछाने वेस्टइण्डिज

काठमाडौं  : क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा…
Read More
किन अमेरिकाले सन्दिपकाे भिसा रद्द गर्याे ,कारण यस्ताे छ

किन अमेरिकाले सन्दिपकाे भिसा रद्द गर्याे ,कारण यस्ताे छ

काठमाडौं :अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। 'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो', लामिछानेले फेसबुकमा भनेका छन्, 'दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिए । उनले भने,…
Read More
टि -२० मा सन्दिपलाई समावेश गर्नेवारे क्यान काे वैठक वस्दै

टि -२० मा सन्दिपलाई समावेश गर्नेवारे क्यान काे वैठक वस्दै

काठमाडौं :बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय गर्छौँ ’ संघका केन्द्रीय सदस्य दुर्गा पाठकले वताउनु भयाे ।  
Read More
प्रिमियर कप क्रिकेट प्रतियोगिता नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा छोट्याइ्यो

प्रिमियर कप क्रिकेट प्रतियोगिता नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा छोट्याइ्यो

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा छोट्याइएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा विहान ११ :४५ बजेदेखि हुने भनिएको खेल साढे २ घण्टा ढिलो सुरु भएको हो। खेल अहिले सवा २ बजेदेखि सुरु भएको छ। नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। वर्षाका कारण मैदान चिसो भएपछि टस नै सुरु हुन सकेको थिएन। गएराति वर्षाले मैदान भिजेको थियो। प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२…
Read More
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

काठमाडौँ, २७ कार्तिक । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए । यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो । यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।
Read More
बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी

बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी

कात्तिक २५, काठमाडौं । अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । अस्ट्रेलियाको जितमा मिचेल मार्शले १७७ रन अविजित बनाएका थिए भने स्टिभ स्मिथले अविजित ६३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ८ विकेट गुमाउदै ३०६ रन बनाएको थियो । योसँगै अस्ट्रेलियाले ९ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहदै सेमिफाइनल खेल्ने भएको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने यसअघि नै निश्चित भएको थियो । त्यस्तै बंगलादेशको ९ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको रहेर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search