Yug Post

Breaking News 1

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति र भोलि पनि धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेकाले…
Read More
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिन हिजो र आज २ दिन रास्वपाले ललितपुरको एक होटलमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकालगायतका विषयमा केन्द्रीत छ । त्यस्तै चुनावका बेला नागरिकसँग गरिएको प्रतिबद्धता तथा अब गर्नुपर्ने काम र प्राथमिकताबारे बहस केन्द्रित छ । संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूले पनि अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको छ । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले झन्डै दुई तिहाइ बहुमतको विश्वास जोगाउँदै नागरिकको भरोसा…
Read More
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ । यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ…
Read More
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार रुन्टिगढी गाउँपालिका–७ खाक्सिबनका ४९ वर्षीया निर्मला बुढाथोकीको पहिरोमा पुरिँदा घटनास्थलमै मृत्यु भएको हो । मृतक निर्मलासहित छिमेकी गरी सात जना घर लिप्नको लागी माटोे लिन गएका बेला अचानक पहिरो खसेको प्रहरीले जनाएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका–७ मोतिखन्ने डाँडा नजिकै आज दिउँसो करिब १२ बजेतिर घर लिप्नका लागि माटो लिन गएका स्थानीय महिलामाथि माथिबाट पहिरो खसेको प्रहरीले युगपोष्टसँग जनाएको छ ।
Read More
धनुषा १ उम्मेदवार साहको उम्मेदवार खारेज

धनुषा १ उम्मेदवार साहको उम्मेदवार खारेज

काठमाण्डाै – धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका कारण उहाँको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ ।
Read More
आज राति १२ बजेदेखि सीमानाका बन्द हुने

आज राति १२ बजेदेखि सीमानाका बन्द हुने

काठमाण्डौ – अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सिफारिसमा सरकारले भरे राति १२ बजेदेखी सीमानाका बन्द गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा निर्देशिकामा मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । मतदान सकिएपछि मात्रै नाका खुल्ला हुनेछन् ।
Read More
सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुने

सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुने

निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुने भएकाले कर्मचारी, सुरक्षाकर्मी तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ। निर्वाचन स्वच्छ, स्वतन्त्र…
Read More
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको जनाएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ। साथै, छ जनालाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिइएको छ। आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण माग गरेको छ। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण सोधिएको छ। देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा उजुरीको टुंगो लगाइएको आयोगले जनाएको…
Read More
११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ दलमध्ये ११ वटाले मात्र खाता खोलेका छन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । चुनावमा राजनीतिक दल र…
Read More
कविता : “बा” हिरा थापा

कविता : “बा” हिरा थापा

बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन, घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन् जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन, आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन , सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि , विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि थाहा छैन छोरी भई उनका निम्ति के गरुला, उनको एकमात्र सपना असल बनि धेरै पढुला पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा, आफू  हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search