Yug Post

अर्थ

सुनको भाउ तोलामा एक हजार तीन सयले घट्याे

सुनको भाउ तोलामा एक हजार तीन सयले घट्याे

काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच अमेरिकी डलर अहिलेसम्मकै महङ्गो भएको छ । आजको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रूपैयाँ ५७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ १७ पैसा तोकिएको छ । यसअघि गएको असार ७ गते डलरको…
Read More
बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे

बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे

काठमाडौं, २४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ…
Read More
दुई वटा विद्युत् वितरण सब स्टेसन उद्घाटन

दुई वटा विद्युत् वितरण सब स्टेसन उद्घाटन

  काठमाडौँ,१७ कात्तिक । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी का दुईवटा विद्युत् वितरण सब स्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्वारा केएफडब्लू विकास बैङ्कमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका विद्युत् वितरण सब स्टेसनको बिहीबार उद्घाटन गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शमशेर हेलिस्टनले संयुक्त रूपमा रातामाटे सब स्टेसन उद्घाटन गरे । यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले  संयुक्त रूपमा कालिका स्थान सब स्टेसनको उद्घाटन…
Read More
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

काठमाडौँ, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ  । गत जेठ महिनाका पाँच…
Read More
खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

मुकेश कुमार यादव सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको  खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् । सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्‍यो।’ बजारमा खरिद…
Read More
आज देखी सुरु भयो सरकारी खसी बोकाको बिक्री वितरण

आज देखी सुरु भयो सरकारी खसी बोकाको बिक्री वितरण

काठमाडौँ, २९ असोज । आज देखी काठमाडौँमा खसी बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दसैँका लागि खसी बोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो । मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ। कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसी बोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड…
Read More
आज देखी नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने

आज देखी नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने

\काठमाडौँ, २९ असोज । आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो । जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्व साधारणलाई दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिएको हो । उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष दशै‌ अगावै चाडबाडको…
Read More
आज देखी पेट्रोल ११ तथा डिजेल ५ रुपैयाँ सस्तोमा पाइने

आज देखी पेट्रोल ११ तथा डिजेल ५ रुपैयाँ सस्तोमा पाइने

काठमाडौँ, २९ असोज । आज देखी घटेको मूल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ । नेपाल आयल निगमले गए राती १२ बजे देखी पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सस्तोमा पाउन लागिएको हो । आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।
Read More
भगवती र मिड सोलु हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचीकृत

भगवती र मिड सोलु हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचीकृत

  काठमाडौँ, २५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ सङ्केतमा यसको सेयर कारोबार हुनेछ । यस्तै, मिड सोलु हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार  कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ सङ्केतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै…
Read More
सेयर बजारमा कहिले फर्किएला चमक ?

सेयर बजारमा कहिले फर्किएला चमक ?

काठमाडौँ, २२ असोज  ।    सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अङ्कमा आएको छ । सूचीकृत २ समूह मात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् । यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरूले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search