२० माघ २०८२ १९:३२
२० माघ २०८२ १९:३२
राप्ती सोनारी (बाँके) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्पिरिङ रिभर साइड रिसोर्टमा ४ दिने SIST तालिम आज उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आइतबारदेखि सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत तथा व्यक्तिगत वृद्धि गर्न मद्दत पुग्ने बताए। कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजनल प्रमुख दिपेन्द्र रावत लगायत अतिथिको रूपमा उपस्थित रहेकाे थिए। अभिकर्ताहरूलाई निरन्तर…