२६ पुष २०८२ ११:१९
२६ पुष २०८२ ११:१९
रोल्पा , २६ / रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवादको पुर्ण समाधान गर्न आम भेला हुनेभएको छ। शिक्षक अभिभावक संघको अध्यक्ष र ब्यवस्थापन समिति अध्यक्षको समन्वयमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पुर्व व्यवस्थापन समिति अध्यक्षहरुको उपस्तिथिमा शुक्रबार व्यापक छ्लफल भएको छ। छ्लफलमा प्र अ , सहाय प्र अ ले दिएको राजीना र विद्यार्थी आन्दोलन बारे पुर्णरूपमा समाधान गर्न आम अभिभावक भेला बोलाउने सहमति भएको छ। राजीनामा र विद्यार्थी आन्दोलन रोक्न सम्बन्धित सबै सरोकारवालाले सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता गरेका छन् । आपसी सल्लाह गरेर भेलाको मिति निश्चित गरिनेछ उक्त भेलामा सबै सहभागी हुन् आह्वान गर्दछु…