Skip to main content

Yug Post

प्युठान मान्डवी गाउँपालिका वडा नं. १, तिरामको गणेश प्राबीमा अदुवा उत्पादन तथा बिक्री वितरण कार्यक्रम सम्पन्न

Advertisement

सुशील परियार /दाङ /
२३-प्युठान जिल्लाको मान्डवी गाउँपालिका वडा नं. १, तिराममा रहेको श्री गणेश प्राथमिक विद्यालयले विद्यालयलाई उत्पादनसँग जोड्ने उद्देश्यसहित अदुवा उत्पादन तथा बिक्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले गत वर्ष तीन कुन्टल अदुवा रोपण गरेकोमा यस वर्ष उत्पादन वृद्धि भई १२ कुन्टल अदुवा उत्पादन भएको विद्यालयले जनाएको छ। उत्पादित अदुवा प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गर्दा आजको दिनमा मात्र विद्यालयले कुल ३० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ। यसबाट विद्यालयको आर्थिक सुदृढीकरणका साथै विद्यार्थीहरूमा श्रम, उत्पादन र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग पुगेको विद्यालय प्रशासनको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि मान्डवी गाउँपालिका वडा नं. १ का अध्यक्ष बाम बहादुर बुढाले सबै वडामा रहेका विद्यालयहरूले उत्पादनसँग जोडिएका कार्यक्रम अनिवार्य रूपमा लागू गर्दै आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष डो. बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा TV9 HD का सञ्चालक सुशील परियार विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने शिक्षक–अभिभावक संघका अध्यक्ष खग बहादुर बि.क., समाजसेवी भीम बहादुर बुढा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर गौतम लगायत शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम शिक्षिका साबित्रा के.सी.को स्वागत मन्तव्यबाट सुरु भई विद्यालयका प्राध्यापक धन बहादुर मगरको सहजीकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search