रोल्पा,/ रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवाद समाधान भएको छ।
शिक्षक अभिभावक संघको अध्यक्ष प्रबिन खड्का र प्राबी स्थायी शिक्षक नगेन्द्र घर्ती बिच विवादबाट सुरु भएको विवाद बढ्दै जादा विभिन्न विवादहरु आएका थिए ।
अभिभावकसंघको अध्यक्ष खड्काले बिधालयमा शिक्षकले गणित विषय पढाउन नसकेको भनेपछि गणित शिक्षक नगेन्द्र घर्तीले म नभएको बेला मलाई अपमानित र ब्यजति गर्ने खोजेको भनेर स्कुल प्रशासन र पालिकाको शिक्षा शाखामा निवेदन दिएका थिए। त्यसको समाधान व्यवस्थापन समितिले गर्न कोसिस गरेता पनि भएन तर पालिकाले समयमै समाधान गर्न चासो समेत देखाएको थिएन ।
पछिल्लोपटक विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी र तोडफोड हुन् लाग्दा पनि सम्बन्धित शिक्षक र अभिभावक संघको अध्यक्षले रोक्न कोसिस गरेनन् ।
हिजो न्यायीक समिती संयोजक लेखमणी डाँगी ,व्यवस्थापन समिति अध्यक्ष गंगा प्रशाद घर्ती , अभिभावक संघ अध्यक्ष प्रबिन खड्का , शिक्षक नगेन्द्र घर्ती लगायतका सम्बन्धित व्यक्तिहरु बीच बसेको छ्लफलबाट अभिभावक संघ अध्यक्ष र शिक्षक नगेन्द्र घर्ती बिचको विवाद समाधान भएको छ।
प्र अ र सहाय प्र अ ले राजीनामा दिएपनी राष्ट्रपति रनिङ सिल्ड , स्कुलको पठनपाठनलाई प्रभावित पर्ने भएकाले राजीनामा स्वीकृत नगर्ने निष्कर्ष आएको व्यवस्थापन समिती अध्यक्ष गंगा प्रशाद घर्तीले युगपोष्ट्सँग बताएका छन् ।


