Skip to main content

Yug Post

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

Advertisement

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानका प्रतिस्पर्धामा हुने भएको छ।

वर्षमान पुन अनन्त र नेत्र बिक्रम चन्द विप्लव फागुन २१ गते हुने प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिस्पर्धा गर्ने निश्चित जस्तै भएको छ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी रोल्पाबाट नेत्र बिक्रम चन्द विप्लव एकल सिफारिस भएका छन् । सिफारिस पछी आज बिहान विप्लवले सामाजिक संजाल फेसबुकमा सिफारिसको कार्यान्वयन हुन्छ ।
भनेर आफू नै रोल्पाबाट चुनाबी प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् ।

संसदीय व्यवस्थाको चुनाबले देशको निकास दिदैन भन्दै २०७० मा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचन र २०७९ को संघीय निर्वाचन बहिष्कारको आह्वान मात्र उम्मेदवारलाई बम हान्ने सम्मको गतिविधि गरेका थिए। उनकै तत्कालीन पार्टी नेकपाले वर्षमान पुनलाई नै रोल्पाको भितबाङमा बम हानेका थिए ।
सरकाले हिंसात्मक गतिविधि गरेको भनेर पार्टीलाई प्रतिबन्ध लगायो । दर्जन बढी युवाहरूको ज्यान गयो । हजारौं गिरफ्तार गर्‍यो । पाँच हजार बढी कार्याकर्तालाई झुटा मुद्दा लगायो । ती मुद्दाहरु अझै जिबितै छन् ।

दुई वर्ष पछी केपी सरकारसँग तीन बुदे सहमति गरेर खुल्ला भएका थिए। तिनमा कुनै पनि बुदा सरकारले कार्यान्वयन गरेन । गत स्थानीय निर्वाचनमा भाग लिए पनि पार्टीबाट एकल उम्मेदवारले देशभर बाट एउटा वडा अध्यक्ष पनि जित निकाल्न सकेन ।

वर्षमान पुन अनन्त जनयुद्धकाल देखी आज सम्म प्रचण्डको नजिकको विश्वास पात्रको रुपमा परिचित छन् । प्रचण्डलाई कठिन भन्दा कठिन परिस्थितिमा साथ दिने प्रभावशाली नेता हुन् । केही समय अगाडी प्रचण्डले थवाङमा आयोजित सार्वजनिक कार्यक्रममा ” रोल्पाले मात्र होइन विश्वभर परिचीत वर्षमान पुन ” भनेका थिए ।

पुनलाई संगठक , कुटनितिग्य , उदयमान नेताको रुपमा हेरिन्छ । उनी दुईपटक अर्थमन्त्री ,एक पटक उर्जा मन्त्री हुंँदा र एकपटक अन्य गरी चार पटक मन्त्री हुँदा रोल्पाको सर्वागिन विकास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search