Skip to main content

Yug Post

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा उदघाट्न हुँदै

Advertisement

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा उदघाट्न हुँदै छ।

दाङको घोराहीमा भोलिदेखि सञ्चालन हुने दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

मेला लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति संरक्षक तथा घोराही उपमहानगर समिति आयोजक रहेको मेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो ।

सम्मेलनमा बोल्दै नेपाल मगर सङ्घ दाङका जिल्ला अध्यक्ष मुक्त बुढाले मेला संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको स्पष्ट पार्दै सबै संघसंस्था, सरोकारवाला निकाय तथा आम नागरिकलाई मेला सफल बनाउन आग्रह गरे ।

उनका अनुसार लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको उक्त भवन जीर्ण अवस्थामा पुगेकाले मेलाबाट संकलित रकमबाट पुनःनिर्माण गरिनेछ।

“माघी पर्वको अवसरमा आयोजना गरिएको यो मेला केवल मनोरञ्जनका लागि मात्र होइन, सबै जातजातिको साझा सांस्कृतिक संगमस्थल बनाउने हाम्रो दीर्घकालीन सपनासँग जोडिएको छ,” उनले भने।

घोराही नगर अध्यक्ष बेदबहादुर बुढाले मेलाको करिब ९० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिँदै भोलि बिहानसम्म सम्पूर्ण तयारी सकिने बताए ।

उनका अनुसार भोलि बिहान ११ बजेदेखि लखनपार्कबाट सांस्कृतिक झाँकीसहित र्याली सुरु हुनेछ, जसले मेलालाई औपचारिक रूपमा जीवन्त बनाउनेछ ।

मेलामा करिब २०० वटा स्टल रहनेछन् । तीमध्ये कृषि, स्थानीय उत्पादन तथा विभिन्न संघसंस्थालाई प्राथमिकता दिँदै ५० वटा स्टल छुट्याइएको छ ।

स्थानीय व्यवसाय प्रवर्द्धनलाई ध्यानमा राख्दै घोराहीभित्रका व्यवसायीलाई स्टल शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको नगर अध्यक्ष बुढाले जानकारी दिए ।

संरचना निर्माण, स्टल व्यवस्थापन, मञ्च सजावट र सरसफाइका कामहरू अन्तिम चरणमा पुगेका र भोलि मेलाको औपचारिक उद्घाटन गरिनेछ
मेलाका सञ्चार संयोजक कैलाश घर्ती मगरले युगपोष्ट्सँग बताएका छन् ।

मेलाको प्रमुख आकर्षणका रूपमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै, डान्स आइडल, टिकटक प्रतियोगिता, दोहोरी प्रतियोगिता, मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी रहनेछ। दर्शकको आकर्षणका लागि आइफेल टावर, जलपरी र लण्डन ब्रिज जस्ता आकर्षक संरचनाहरू पनि निर्माण गरिएको छ।

प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ। क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

स्थानीय पर्यटन प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण र आर्थिक गतिविधि सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको माघे मेलामा उपस्थित भई अवलोकन तथा सहभागिताका लागि आयोजकले सबैलाई हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search