२५ पुष २०८१ ११:४५
२५ पुष २०८१ ११:४५
श्रीमानसँग फोनमा झगडा भएको र आफुले आमा नभएको कारणले दुख पाएको हुँदा यिनिहरुले पनि दुख पाउने भएकोले हत्या गरेको बयान गरेकी छन् । सल्यान कुपिण्डे नगरपालिका -११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए। २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख (डिएसपी) केशर न्यौपानेले जानकारी दिनुभयो। पुर्णिमाले बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयान दिएको उहाँले जानकारी दिनुभयो । पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भनुभयो, "फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या…