Skip to main content

Yug Post

आफ्नै अबोध दुई बालीकाको हत्या गर्ने आमाको प्रहरीमा कहानी लाग्दो बयान

Advertisement

श्रीमानसँग फोनमा झगडा भएको र आफुले आमा नभएको कारणले दुख पाएको हुँदा यिनिहरुले पनि दुख पाउने भएकोले हत्या गरेको बयान गरेकी छन् ।

सल्यान कुपिण्डे नगरपालिका -११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए। २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख (डिएसपी) केशर न्यौपानेले जानकारी दिनुभयो।

पुर्णिमाले बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयान दिएको उहाँले जानकारी दिनुभयो । 

पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भनुभयो, “फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या गरें। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारें। तर, आफू मर्न भने सकिँन ।”

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन्। माघी तिहारमा घरमा आएपछि आफुलाई मार्ने र छोरीहरु आफ्नो नभएको भनेर पटकपटक धम्की दिने गरेको पुर्णिमाले बताएकीछिन । आफ्नो आमा नभएर आफुले दु:ख पाएको र त्यसै गरि छोरीहरूले पनि  दु:ख पाउँछन् भनेर छोरीहरुको हत्या गरेर आफुले आत्महत्या गर्ने सोच बनाएको उनले प्रहरी समक्ष बयान दिएकीछिन । 

छोरी करिश्मा बुधबार बिहान छिमेकीको घरमा खेल्न गएको र १० बजे तिर घरमा फर्किएको समेत बताएकी छन । छोरीहरुको हत्या गरेपछि ठुली छोरी बिरामी परेको भन्दै गाउँको जेठानीलाई फोन गरेर खबर गरेको तर जेठानी जंगल गएको उनको भनाई छ । गाउँको हजुरआमा घरमा आँउदा दुबै छोरी मृत देखेको स्थानीयले बताएका छन् । 

हत्या आरोपी आमा पुर्णिमाको परपुरुषसँग सम्बन्ध भएपछि यस्तो सोच बनाएको हुन सक्ने बताईएको छ ।  

घटना हुँदा मृतक दिदीबहिनीसँगै आमा पूर्णिमा पनि घरमै थिइन्। बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्छन्। दुबै नाबालिकाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याईएको र थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search