Yug Post

त्रिवेणीमा बाल क्लब सञ्जालले गर्यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम 

Advertisement

टेक मगर राेल्पा / राेल्पाकाे त्रिवेणी गाउँपालिका मा रहेको पालिकास्तरीय बाल क्लब सञ्जालले पालिकाको जनप्रतिनिधिसँग बालबालिकाका सवालका बारेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

बाल क्लब सञ्जालका पदाधिकारीहरूले बालबालिकाका सवाल र समस्या सुनाउँदै समाधानका लागि जनप्रतिनिधिहरूलाई अनुरोध समेत गरेका छन्। गाउँपालिका भरिमा बालमैत्री वातावरणका लागि थप पहल गर्न अनुरोध गर्दै बालबालिकाहरूले जनप्रतिनिधिहरुलाई बालबालिकाका सवालमा प्राथमिकता दिन अनुरोध गरेका हुन्।

पालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अमृता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरूले बालबालिकाले उठाएका सवालप्रति गम्भीर रहेको बताउँदै ती मागहरू पूरा गर्न प्रतिबद्धता जनाउनुभएको थियो। कार्यक्रममा ५ नं. वडाका वडा-अध्यक्ष कृष्णबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराइ, उपाध्यक्ष लेखमणि डाँगी र अध्यक्ष गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठाले बालबालिकाले उठाएका सवालमा प्रतिबद्धता जनाउँदै गाउँपालिकाले बालबालिकाप्रति प्राथमिकता दिएको बताउनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन पालिका स्तरीय बाल क्लब सञ्जालका उपाध्यक्ष नवराज ओलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव गणेश परियारले गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रमपछि बसेको पालिका स्तरीय बाल क्लब सञ्जालको बैठकले विभिन्न निर्णयहरू गरेको छ। जसमा विभिन्न स्थानमा बालक्लबको नेतृत्वमा जनचेतनामूलक कार्यक्रमहरू गर्ने, बालविवाह न्यूनीकरणको लागि आफ्नो विद्यालयमा प्रचारप्रसार गर्ने, कार्यसमितिका केही सदस्यहरू हेरफेर गर्ने र वार्षिक कार्यक्रमहरू तय गरेको छ।

बैठक बालकल्याण अधिकारी धरेन्द्र डाँगी र महिला बालबालिका शाखा प्रमुख हिरा बुढाले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search