Yug Post

राेल्पाको फगाम बोलेरो दुर्घटना हुँदा एक मृत्यु चार जना घाइते

Advertisement

राेल्पाको फगाम बोलेरो दुर्घटना हुँदा एक जनाकाे मृत्यु चार जना घाइते भएका छन।

बिहीबार बेलुका करिब साढे ९ बजेतिर सुनछहरी गाउँपालिका वडा नं.६ फगाम धुम्सि स्थित रुईनिवाङ फगाम भित्री कच्ची सडक खण्डमा रुईनिवाङबाट फगाम तर्फ जाँदै गरेको लु१ज ४८८९ नम्बरको बोलेरो डबल क्याप गाडीको ब्रेक फेल भई बाटो देखि अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

दुर्घटनामा परि घाइते भएका सुनछहरी -६ फगाम बस्ने बर्ष ५७ की गौरा रोका मगरको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हाे भने दुर्घटनामा परि घा?इते हुनेमा सुनछहरी ६- बस्ने बर्ष ३५ को तिल बहादुर घर्तिको छन उनकाे अवस्था गम्भीर भएपछि थप उपचारको लागि लुम्बिनि सिटि अस्पताल बुटवलमा पठाइएको छ।

त्यस्तै सुनछहरी ७ पोबाङ बस्ने बर्ष ४३ को टेक बहादुर बुढा मगर र सुनछहरी -६ धुम्सि बस्ने बर्ष २५ को प्रेम रोका मगरको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भइरहेको छ। गाडी चालक सुनछहरी -६ धुम्सि बस्ने बर्ष २९ को धनिराम घर्ति मगरको अवस्था भने सामान्य छ। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search