Yug Post

 रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्ने एक युवकको किचेर मृत्यु

 रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्ने एक युवकको किचेर मृत्यु

 रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्ने एक युवकको किचेर मृत्यु

असार १३, रोल्पा । रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्न आएका एक युवकको किचेर मृत्यु भएको छ । विहिबार विहान करिव ११ बजेतिर त्रिवेणि गाउँपालिका ४ निगालपानी बजारमा रोकिराखेको रा १ ख ३२२२ नम्बरको ट्रकको पछाडि बसेका त्रीवेणी गाउँपालिका ३ छापका ३२ बर्षिय गोपीलाल वलीको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही उपचारका क्रममा मृत्यु भएको उनका आफन्त पोषण ओलिले युग्पोष्टसँग बताएका छन् । दाङको घोराहीमा तरकारी ब्यापार गर्ने बदरुण राईको ट्रक लिङ्दुङबाट तरकारी लिएर दाङ जादै गर्दा ट्रक निगालपानी बजारमा रोकिरहेको थियो । गोपीलाललाई स्वास्थ्य चौकी नेर्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा डाक्टरले…
Read More
त्रिवेणी ६ मा२०८१/०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

त्रिवेणी ६ मा२०८१/०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

रोल्पा, टेक मगर — त्रिवेणी गाउँपालिका वडा नं. ६, धारमखोलाले आ.व. २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा वडाभित्र सम्पन्न विकास निर्माण कार्य तथा सेवा प्रवाहका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम वडा अध्यक्षको अध्यक्षता र वडा का शाखाका प्रतिनिधिहरू, - नं वडा का स्वास्थ्य शाखा इन्चार्ज, महिला समूह र स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य, शिक्षा, सिचाइ, सडक, खानेपानी, कृषिजस्ता क्षेत्रहरूमा भएका सेवा प्रवाह तथा बजेट खर्चको विवरण प्रस्तुत गरियो। कार्यक्रममा वडाबासीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले वडाभित्र भएका उपलब्धि, चुनौती, तथा आगामी दिनमा प्राथमिकता पाउने क्षेत्रहरूबारे आफ्ना धारणा, सुझाव र गुनासा…
Read More
त्रिवेणी गाउँपालिकामा बहुमत वडा अध्यक्षले किन बजेट बहिष्कार गरे

त्रिवेणी गाउँपालिकामा बहुमत वडा अध्यक्षले किन बजेट बहिष्कार गरे

त्रिवेणी गाउँ पालिकाको यस आर्थिक वर्षको पुर्वाधार तर्फको बजेट असमान वितरण भएपछि माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । माओवादीले जितेको एक नम्बर वडामा ५७ लाख मात्र छुट्टाएको छ । जुन पालिकाकै कर्णाली भनेर चिनिन्छ विकटको हिसाबले त्याहाँ बढी राख्नुपर्ने हो।अलि सुगम तर एमालेले जितेको २ नम्बरमा १ करोड ८६ लाख छ त्यस्तै गरि एमालेले जितेको ५ र ७ मा क्रमशः १ करोड ६६ लाख , १ करोड ३५ लाख पर्दा माओवादीले जितेको ३ ,४ र ६ मा क्रमशः ४२ लाख वडामा ९५ लाख र वडामा ६२ लाख बजेट पारेर एमाले र कांग्रेसलाई भोट दिने १/३/४ र ६ का जनतालाई…
Read More
दाङ जिल्ला स्तरीय  ड्राइगन फ्रुट उत्पादकहरुको प्रथम भेला सम्पन्न ,यस्ता छन् निर्णयहरु

दाङ जिल्ला स्तरीय ड्राइगन फ्रुट उत्पादकहरुको प्रथम भेला सम्पन्न ,यस्ता छन् निर्णयहरु

दाङ जिल्ला स्तरीय ड्राइगन फ्रुट उत्पादकहरुको प्रथम भेलाबाट शोभाराम डाँगीको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ। दंगाली ड्राइगन फ्रुट घोराही १८ अकबरेका संचालक श्री दुर्गा बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भेलामा जम्मा १७ जना व्यवसायीहरुको उपस्थितिमारहेको थियो। भेलाले ड्राइगन फ्रुटको व्यवसायिक उत्पादन र बजारीकरणको बारेमा व्यापक छलफल गरेको छ । आजको भेलामा उपस्थितहरुको विवरण र सहभागी हुन नसक्नु भएकाहरुको बगैचामा यस वर्ष उत्पादन हुनसक्ने अनुमाणित ड्राइगन फ्रुट करिव १५० मेट्रिक टन अनुमान गरिएको छ । भेलाले विभिन्न प्रस्तावहरु छ्लफल गरि निर्णयहरु समेत गरेको छ। दाङ जिल्लामा रहेका व्यवसायिक ड्राइगन फ्रुट व्यवसायीहरुको पहिलो बैठकबाट यो व्यवसायलाई अझ दिगो व्यवसायमूखि र नाफामूखि बनाउनका…
Read More
को हुन् मृत्यु शैयामा हुँदा पनि जनप्रतिनिधिको काम गर्छु ,भन्ने गोवर्धन घर्ती मगर ´सागर

को हुन् मृत्यु शैयामा हुँदा पनि जनप्रतिनिधिको काम गर्छु ,भन्ने गोवर्धन घर्ती मगर ´सागर

शोभाराम राना /रोल्पा - भौतिक हिसाबले यो धर्तीमा कुनै मानिसको स्थायी जिबन छैन। मानिसको मृत्यु हुँदा दुनियाँ स्तब्ध हुन्छ कि खुसी हुन्छ जिवित हुँदा गरेको कर्मले निर्धारण गर्छ । एउटा उखान छ ´राम्रो गर्नेको मलामी धेरै हुन्छन् नराम्रो गर्न कम हुन्छन् । अहिले त सामाजिक संजालमा दुख कतिले व्यक्त गरे भन्ने बाट नापिन्छ । दुई दिन अघि थवाङ ५ नम्बर वडाका अध्यक्ष गोवर्धन घर्ती मगर ´सागर`को उपचारका क्रममा निधन भएको खबरले सामाजिक संजालमा छ्याप छ्याप्ती आयो । उनको परिचय र समाजप्रतिको योगदान खुल्दै गयो । उनले सघन उपचार कक्षमा हुँदा बोलेको शब्दको कारण सबैलाई गहिरो गरि छोएको छ। गोवर्धन घर्ती…
Read More
रोल्पाको माडी गाउँपालिकाले आ व २०८२/०८३ को वार्षिक  बजेट कति पास  गर्‍यो

रोल्पाको माडी गाउँपालिकाले आ व २०८२/०८३ को वार्षिक बजेट कति पास गर्‍यो

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सर्वसम्मतरूपमा पारित भएको छ। ´ कृषि, पशुपंक्षी, जडीबुटी र दिगो पुर्वाधार, समृद्ध माडीको आधार `भन्ने मुल नारा रहेको माडी गाउँपालिकाले शिक्षा क्षेत्रमा सबै भन्दा बढी विनियोजन गरेको छ, साथै कृषि र पशुमा आधारित क्रियाकलापमा पनि १ करोड बढी बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले बताएका छन् । गाउँ सभाको १७ औं अधिवेशनमा ४२ करोड, ४२  लाख, ९४ हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत भएको थियो । शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटमा स्थानीय पुर्वाधार विकासलाइ पनि प्राथमिकता दिएको छ ।  गाउँसभाको १७ औं अधिवेशनको दोस्रो बैठकमा समिति संयोजक पुनले माडी गाउँपालिकाको आर्थिक…
Read More
रोल्पाको त्रिवेणीगाउँ पालिकाको गाउँसभा हुनै लाग्दा सभाहलमा तालाबन्दी

रोल्पाको त्रिवेणीगाउँ पालिकाको गाउँसभा हुनै लाग्दा सभाहलमा तालाबन्दी

रोल्पाको त्रिवेणी गाउँपालिकाको गाउँ सभाबाट आज लिन लागेको बजेटमा असमान बितरणमा भएकाले सभा हुन अगाडी नै तालाबन्दी भएको छ। हिजो नै तयारी भएको बजेटमा माओवादी बाट निर्वाचित ४ जना वडा अध्यक्ष हरुले असहमति जनाएका थिए । त्यो असहमति जनाएको कारण आज बिहान पालिका अध्यक्ष कर्ण बाठासँग छ्लफल गरेपनि तयार भएको बजेट सिलिङमा कुनै परिवर्तन नहुने बताए पछि ताल्चा लगाउन वाध्य भएको एक वडा अध्यक्षले युगपोष्टसँग बताए । संघीय सरकारले प्रस्तुति गरेको आर्थिक वर्ष २०८२।०८३ बजेट प्रति सत्तारूढ दलकै संसदहरुले बबन्डर गरिरहेका छन् । त्यस्तै गरि लुम्बिनी प्रदेश सरकारले लिएको आर्थिक वर्ष २०८२।०८३ बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा…
Read More
पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक

पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक

काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ। गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्री कै रहेको छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्। रञ्जन राईको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको अडियो तथा भिडियो सार्वजनिक अधिकार ‘मुकेश सुवेदी अफिसियल’ युट्युब च्यानलमा रहेको छ। गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। भिडियोमा पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत काजी ले अभिनय गरेका छन्।…
Read More
माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्‍यो

माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्‍यो

काठमाडौं। माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन गरेको छ । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा गृह, श्रमलगायत मन्त्रालयका सहसचिवहरू सदस्य रहने भएका छन्। समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ। भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो।
Read More
भवन चुहेर बस्न नसकिने  , शौचालयको भित्ता फाटेर   प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति  सरकार रमिते

भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते

भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-७ गाङस्थित श्री वीरेन्द्र मावि अहिलेको अवस्थामा हेर्दा देशको शिक्षातर्फको प्राथमिकताको कठोर यथार्थ उजागर हुन्छ। छात्रा शौचालयको पर्खाल च्यातिएको छ l भवनको छाना कैलो भइसकेको छ र जताततैबाट चुहिन्छ। हेर्दा पक्की जस्तो देखिने विद्यालय भवन अधुरो छ त्यसको शिरबन्दी अर्थात् अन्तिम चरणको काम अझै पूरा हुन सकेको छैन। विद्यालयको अवस्था देख्दा लाग्छ, कसैले नसुनेको आवाजको प्रतिविम्ब हो गाङ। स्थानीय, प्रदेश र संघ—तीनवटै सरकारबाट अघिल्लो आर्थिक वर्ष (आ.व. २०८१/०८२) मा पूर्वाधार विकासतर्फ बजेट “शून्य” भएको हो भने हाल चालु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search