Skip to main content

Yug Post

त्रिवेणी ६ मा२०८१/०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

Advertisement

रोल्पा, टेक मगर — त्रिवेणी गाउँपालिका वडा नं. ६, धारमखोलाले आ.व. २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा वडाभित्र सम्पन्न विकास निर्माण कार्य तथा सेवा प्रवाहका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम वडा अध्यक्षको अध्यक्षता र वडा का शाखाका प्रतिनिधिहरू, – नं वडा का स्वास्थ्य शाखा इन्चार्ज, महिला समूह र स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य, शिक्षा, सिचाइ, सडक, खानेपानी, कृषिजस्ता क्षेत्रहरूमा भएका सेवा प्रवाह तथा बजेट खर्चको विवरण प्रस्तुत गरियो।

कार्यक्रममा वडाबासीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले वडाभित्र भएका उपलब्धि, चुनौती, तथा आगामी दिनमा प्राथमिकता पाउने क्षेत्रहरूबारे आफ्ना धारणा, सुझाव र गुनासा सार्वजनिक रूपमा राखेका थिए । सेवाप्रति नागरिकको सन्तुष्टि, सेवा प्रवाहको गुणस्तर, निर्माण कार्यको प्रभावकारिता, पारदर्शिता तथा जवाफदेहिता विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा वडाध्यक्षकाे प्रस्तुत प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति, खानेपानी योजना र साना पूर्वाधार निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको जानकारी गराइएको थियो। साथै, केही योजनाहरू बजेट अभाव र प्राविधिक समस्याका कारण ढिला भएको उल्लेख गर्दै आगामी चौमासिकमा ती कार्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूले सार्वजनिक सुनुवाइ कार्यक्रमले नागरिक र सरकारबीचको सम्बन्ध प्रगाढ बनाउने र सेवा प्रवाहलाई अझ पारदर्शी एवं उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search