Skip to main content

Yug Post

भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते

Advertisement

भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-७ गाङस्थित श्री वीरेन्द्र मावि अहिलेको अवस्थामा हेर्दा देशको शिक्षातर्फको प्राथमिकताको कठोर यथार्थ उजागर हुन्छ। छात्रा शौचालयको पर्खाल च्यातिएको छ l भवनको छाना कैलो भइसकेको छ र जताततैबाट चुहिन्छ। हेर्दा पक्की जस्तो देखिने विद्यालय भवन अधुरो छ त्यसको शिरबन्दी अर्थात् अन्तिम चरणको काम अझै पूरा हुन सकेको छैन।

विद्यालयको अवस्था देख्दा लाग्छ, कसैले नसुनेको आवाजको प्रतिविम्ब हो गाङ। स्थानीय, प्रदेश र संघ—तीनवटै सरकारबाट अघिल्लो आर्थिक वर्ष (आ.व. २०८१/०८२) मा पूर्वाधार विकासतर्फ बजेट “शून्य” भएको हो भने हाल चालु आर्थिक वर्ष (२०८२/०८३) मा पनि संघ र प्रदेश सरकारले कुनै सहयोग गरेका छैनन्। स्थानीय तहबाट के आउँछ भन्ने अझै स्पष्ट छैन।

विद्यालय प्रशासन र स्थानीय अभिभावकको बारम्बारको अनुरोध र करुण पुकारापछि पनि अवस्था उस्तै छ। “हामी दुर्गम गाउँमा छौं, सरकारसँग हाम्रो पहुँच छैन,” विद्यालयको प्रधानाध्यापक बरमन बुढा भन्छन्, “हामी जनप्रतिनिधिहरूको जयजयकार गर्दैनौं, त्यसैले उनीहरूले हाम्रो अवस्था न हेर्छन्, न त सुन्छन्।”

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, विशेषगरी बालिकाहरू, असहज अवस्थामा पठनपाठन गर्न बाध्य छन्। शैक्षिक वातावरण दिन प्रतिदिन कमजोर बन्दै गएको छ। यस्तो अवस्था भविष्यका कर्णधारहरूको भविष्यमाथि गम्भीर प्रश्न खडा गर्छ।

“हामीले सकेसम्म सबै तहका सरकारहरूलाई नम्रतापूर्वक अनुरोध गरिसकेका छौं,” विद्यालय प्रशासनको भनाइ छ, “किनकि यहाँ पढ्ने विद्यार्थीहरू नै देशका लागि चाहिने जनशक्ति हुन्।”

तर जब जिम्मेवार पदमा बसेका व्यक्तिहरू न सुन्छन्, न देख्छन्, तब नागरिकको आशा निराशामा परिणत हुन थाल्छ। यसरी भविष्यको मूल्य चुकाउने स्थितिमा पु-याउने सरकारी उदासीनता अब सजिलैमा क्षम्य हुन सक्दैन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search