Yug Post

 रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्ने एक युवकको किचेर मृत्यु

Advertisement

असार १३, रोल्पा । रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्न आएका एक युवकको किचेर मृत्यु भएको छ ।

विहिबार विहान करिव ११ बजेतिर त्रिवेणि गाउँपालिका ४ निगालपानी बजारमा रोकिराखेको रा १ ख ३२२२ नम्बरको ट्रकको पछाडि बसेका त्रीवेणी गाउँपालिका ३ छापका ३२ बर्षिय गोपीलाल वलीको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही उपचारका क्रममा मृत्यु भएको उनका आफन्त पोषण ओलिले युग्पोष्टसँग बताएका छन् ।

दाङको घोराहीमा तरकारी ब्यापार गर्ने बदरुण राईको ट्रक लिङ्दुङबाट तरकारी लिएर दाङ जादै गर्दा ट्रक निगालपानी बजारमा रोकिरहेको थियो ।

गोपीलाललाई स्वास्थ्य चौकी नेर्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

घटनास्थलबाट ट्रक र चालक लुङ्ग्री गाउँपालिका ३ का २७ बर्षिय मिलन घर्तीलाई नियन्त्रणमा लिइसकेको छ। अहिले जि प्र का दाङमा मृत्युका आफन्त र ट्रक धनी बीच छ्लफल भैरहेको मृतकका आफन्त पोषण ओलिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search