१९ असार २०८२ २१:४८
१९ असार २०८२ २१:४८
३ सय ५० बाख्रा पालेका गंगादेव गाँउपालिका वडा नं ३ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष लोकमान ओली जिल्लाकै सर्वोत्कृष्ट पशुपालक कृषकको रुपमा सम्मानित भएका छन । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । जस मध्ये सर्वोत्कृष्ट कृषक तथा गंगादेवा गाँउपालिका वडा नं ३ जिनाबाङका वडाअध्यक्ष लोकमान ओलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् । २०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा ओलीले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजय…