३ सय ५० बाख्रा पालेका गंगादेव गाँउपालिका वडा नं ३ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष लोकमान ओली जिल्लाकै सर्वोत्कृष्ट पशुपालक कृषकको रुपमा सम्मानित भएका छन ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
जस मध्ये सर्वोत्कृष्ट कृषक तथा गंगादेवा गाँउपालिका वडा नं ३ जिनाबाङका वडाअध्यक्ष लोकमान ओलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् ।
२०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा ओलीले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजय प्राप्त गरेका थिए भने २०७४ स्थानिय निर्वाचनवाट गंगादेवमा सर्बोकृष्ट मत प्राप्तगरि जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए ।
उनि सगै सम्मानित हुनेमा नुवागाउँका मनिराम घर्तीमगर पनि सम्मानित भएका छन् । उनले जिल्लामै ठूलो बंगुरपालन संचालन गरेका छन् । उनी अंग्रेजी विषयका शिक्षक पनि हुन । उनीसँग करिब ५० माउ बंगुर छन् ।
त्यस्तै गरि मिझिङकी लतादेवीले दुर्गममा पनि व्यावसायिक भैंसीपालन गरेकी छन् । गाईपालक रोल्पा नगरपालिका-६ कोटगाउँकी अनकुमारी घर्ती मगर छन पनि सम्मानित भएकी हुन् ।
जिल्लाभरका पशुपालक कृषकमा ४ उत्कृष्ट कृषक छानिएका हुन त्यसमा पनि सर्वोत्कृष्ट कृषक लोकमान ओली छानिएका पशु सेवा विज्ञ केन्द्र प्रमुख डा शंकर न्यौपानेले युगपोष्ट्सँग बताए


