टेक मगर ,रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा ३ सुकिद नजिक जिप दुर्घटना भएको छ ।
गंगादेव गाउँपालिका वडा नं. ४ बसारे देखि तुलसीपुर जादै गरेको रा १ ज ६३१ नम्बरको डबल क्याप जिप आज दिउँसो १ बजेर ५५ मा त्रिवेणी–३ सुकिदह स्थित भित्रि सडकमा दुर्घटना भएको हो ।
दुर्घटनाबाट गंगादेव गाउँपालिका–४ का २२ वर्षिय प्रकाश के.सी., ३२ वर्षिय कमल डाँगी, २७ वर्षिय ढकाश थापा, ४३ वर्षिय बिर बहादुर थापा र २७ वर्ष की अमृता थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।घाइते सबैको अवस्था सामान्य रहेको छ ।
जिप सडकबाट २० मिटर तल खसेको थियो ।
घाइतेलार्ई दाङको राप्ति प्रादेशीक अस्पताल तुलसीपुरमा पठाइएको बताईएको छ ।


