Yug Post

समाजसेवी सुशील परियारद्वारा स्वर्गीय आमाको सम्झनामा अक्षकोष स्थापना , गरे सयौं वृक्षारोपण

Advertisement

दाङ, बंगलाचुली ३ – आफ्नो जन्मदिनको अवसर पारेर समाजसेवी तथा युवा नेता सुशील परियारले श्री आधारभूत विद्यालय, दाङ्गवाङमा अक्षकोष स्थापना गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

उनले आफ्नो स्वर्गीय ममतामयी आमा भेगी देवी परियारको सम्झनामा उक्त अक्षकोष स्थापना गरेका हुन्। अक्षकोषमार्फत विद्यालयमा अध्ययनरत अति विपन्न तथा असहाय विद्यार्थीहरूलाई चिनारी गराई प्रत्येक वर्षको विद्यालयको वार्षिक उत्सव वा सार्वजनिक कार्यक्रमहरूमा सम्मानसहित पुरस्कार प्रदान गर्ने लक्ष्य राखिएको छ।

यस अवसरमा विद्यालय परिसर वरिपरि करिब सयौं वटा विभिन्न प्रजातिका बिरुवा—जसमा मसला, खयर र फलफूलका विरुवाहरू प्रमुख छन्—रोपिएको छ।
समाजसेवी परियारले भने, “यी बिरुवाहरू दीर्घकालीन सोचसहित रोपिएका हुन्, जसले विद्यालयको वातावरणलाई हरियाली बनाउन मद्दत गर्छ।”

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।परियार विगत तीन वर्षदेखि आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्दै आएका छन्। यसअघि पनि उनले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउँदै आएका थिए।
स्थानीयवासीहरूले समाजसेवी परियारको यो कार्यप्रति धन्यवाद व्यक्त गर्दै अन्य युवाहरूलाई पनि यस प्रकारका सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा दिने बताएका थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search