Yug Post

रोल्पाबाट दाङ जाँदै गरेको जीप दुर्घटनाग्रस्त, ६ जना घाइते

Advertisement

रोल्पा, असार १६–टेक मगर–रोल्पाको गंगादेव गाउँपालिकाबाट दाङको तुलसीपुरका लागि छुटेको डबल क्याप जीप दुर्घटनामा परेको छ।

गंगादेव गाउँपालिका–४ स्थित बसारेबाट छुटेको रा.१ज.६३१ नम्बरको जीप त्रिवेणी गाउँपालिका–३, सुकिदहस्थित भित्री सडकखण्डमा सोमबार दिउँसो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा गंगादेव गाउँपालिका–४ का २२ वर्षीय चन्द्रप्रकाश केसी, ३२ वर्षीय दीपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय ढकाश थापा, ४३ वर्षीय विरबहादुर थापा र २७ वर्षीया अमृता थापा रहेका छन्।

प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता विजय चापागाईंका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।

दिउँसो करिब २ बजे भएको उक्त दुर्घटनामा जीप सडकबाट करिब २० मिटर तल खसेको थियो। दुर्घटना भएको जानकारी पाउनेबित्तिकै अस्थायी प्रहरी पोस्ट बुढागाउँबाट प्रहरी सहायक निरीक्षक राजकुमार घर्तीको कमान्डमा ५ जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्दार गरिएको हो। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।.

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search