Yug Post

श्री शुक्र मा वि मा सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Advertisement

रोल्पा // टेक मगर // SEE २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा श्री शुक्र माध्यमिक विद्यालय, झुम्लुङमा विशेष कार्यक्रम आयोजना गरी विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरिएको छ। विद्यालयका २९ जना सहभागी विद्यार्थीमध्ये २७ जना उत्तीर्ण भई ९३.१० प्रतिशत नतिजा ल्याउन सफल भएपछि विद्यालयले सफल विद्यार्थीहरूलाई बधाई दिंदै सम्मान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विषयगत शिक्षकहरू, अभिभावक तथा SEE परीक्षामा सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा स्काउट (Scout) तालिम प्राप्त विद्यार्थीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ।

त्रिवेणी गाउँपालिकामा छत्रा तर्फबाट उत्कृष्ट प्रदर्शन गरेको विद्यालयको यो उपलब्धिले सम्पूर्ण शिक्षा क्षेत्रलाई प्रेरणा दिने खालको रहेको विद्यालय प्रशासनको भनाइ छ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search