Skip to main content

Yug Post

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहाई गर्न आदेश गरेपनि रिहाई भने हुदैनन्

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहाई गर्न आदेश गरेपनि रिहाई भने हुदैनन्

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहाई गर्न आदेश गरेपनि रिहाई भने हुदैनन्

२५ पुस,दाङ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं लैजाने छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । जिल्ला सरकारी वकिलको…
Read More
आफ्नै अबोध दुई बालीकाको हत्या गर्ने  आमाको प्रहरीमा कहानी लाग्दो बयान

आफ्नै अबोध दुई बालीकाको हत्या गर्ने आमाको प्रहरीमा कहानी लाग्दो बयान

श्रीमानसँग फोनमा झगडा भएको र आफुले आमा नभएको कारणले दुख पाएको हुँदा यिनिहरुले पनि दुख पाउने भएकोले हत्या गरेको बयान गरेकी छन् । सल्यान कुपिण्डे नगरपालिका -११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए। २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख (डिएसपी) केशर न्यौपानेले जानकारी दिनुभयो। पुर्णिमाले बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयान दिएको उहाँले जानकारी दिनुभयो ।  पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भनुभयो, "फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या…
Read More
रुकुम पुर्वमा जिपको टाएर फुस्केर जिप दुर्घटना

रुकुम पुर्वमा जिपको टाएर फुस्केर जिप दुर्घटना

२५ पुस, रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । दुर्घटनाको कारण जिपको टायर फुस्केर भएको बताइएको छ ।
Read More
रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

टेक मगर ,राेल्पा  / राेल्पाकाे त्रिवेणी  गाउँपालिका ३ मा रहेको चुनढुङ्गा खानी मा आन्दोलन भएको छ। आन्दोलनको जानकारी हुँदा पनि अटेरी गरी बिहान खानी सञ्चालन गरिएकाे थियो। २२ गतेका दिन साँझ जानकारी दिए  पनि अटेरी गर्दै २४ गते दिन बिहान खानी सञ्चालन गरिएकाे थियो। खानी सञ्चालन गर्दा स्थानियले खानीमा गर्ने काम सबै स्थानियले रोकेका छन्। उक्त खानीले १० दिनको समय मागेको छ। तर स्थानीयको १० दिन सम्म खानी नै स्थगित गर्ने र १० दिन पछि पूर्ण आन्दोलन गर्ने माग छ। पटक पटक झुट्टा आश्वासन दिदा  स्थानीय निकै आक्राेशमा  आएको छन्। पटक पटक खानीले आश्वासन दिदै आएको कारण समय मै माग…
Read More
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका १ भालुमारेदेखि  मयानी जाँदै गरेको लु प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो । र्घटनामा छत्रेश्वरी गाउँपालिका १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । भालुमारेबाट कम्पोष्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उहाँको भनाई छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको बस्नेतले बताउनु भयो ।
Read More
त्रिवेणीमा बाल क्लब सञ्जालले गर्यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम 

त्रिवेणीमा बाल क्लब सञ्जालले गर्यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम 

टेक मगर राेल्पा / राेल्पाकाे त्रिवेणी गाउँपालिका मा रहेको पालिकास्तरीय बाल क्लब सञ्जालले पालिकाको जनप्रतिनिधिसँग बालबालिकाका सवालका बारेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। बाल क्लब सञ्जालका पदाधिकारीहरूले बालबालिकाका सवाल र समस्या सुनाउँदै समाधानका लागि जनप्रतिनिधिहरूलाई अनुरोध समेत गरेका छन्। गाउँपालिका भरिमा बालमैत्री वातावरणका लागि थप पहल गर्न अनुरोध गर्दै बालबालिकाहरूले जनप्रतिनिधिहरुलाई बालबालिकाका सवालमा प्राथमिकता दिन अनुरोध गरेका हुन्। पालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अमृता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरूले बालबालिकाले उठाएका सवालप्रति गम्भीर रहेको बताउँदै ती मागहरू पूरा गर्न प्रतिबद्धता जनाउनुभएको थियो। कार्यक्रममा ५ नं. वडाका वडा-अध्यक्ष कृष्णबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराइ, उपाध्यक्ष लेखमणि…
Read More
दाहालको पार्टीले जितेका पालीकामा समाजवादी मोडेल लागू गर्ने प्रस्ताव पास

दाहालको पार्टीले जितेका पालीकामा समाजवादी मोडेल लागू गर्ने प्रस्ताव पास

काठमाडौँ —माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले जितेका १२३ पालिकामा समाजवादी मोडेल अघि सार्ने प्रस्ताव पास भएको छ। काठमाडौंमा आज सम्पन्न केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय सरकारलाई समाजवाद उन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव सर्वमतले पास गरेको छ। ‘पालिकाहरूमा स्थानीय पार्टीले छाया सरकारको अवधारणा अन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका जनसेवा, सुधार र विकासका कामहरू गर्नुपर्छ,’ दाहालको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘स्थानीय पालिकाले गर्नुपर्ने बजेट निर्माण, विकास योजनाका कार्यहरूमा आफ्नो तर्फबाट पनि तयारी गरी आफ्नो जनप्रतिनिधि भए जनप्रतिनिधिमार्फत र पार्टीको तर्फबाट ज्ञापनपत्र मार्फत पालिकालाई त्यसको निम्ति माग गर्नुपर्दछ । त्यसलाई जनता माझ सार्वजनिकीकरण गर्नुपर्दछ ।’ उनले आर्थिक, अन्य अनियमितता हुन…
Read More
प्रधानमन्त्रीओलीले भने : स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन।

प्रधानमन्त्रीओलीले भने : स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले यस्ताे बताएका हुन्। उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने। अहिले ओलीले केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।  ओलीमाथि भीम रावलल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई गरिएको कार्वाही र मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णय गलत भएको भन्दै…
Read More
राेल्पाको फगाम बोलेरो  दुर्घटना हुँदा  एक मृत्यु चार जना घाइते

राेल्पाको फगाम बोलेरो दुर्घटना हुँदा एक मृत्यु चार जना घाइते

राेल्पाको फगाम बोलेरो दुर्घटना हुँदा एक जनाकाे मृत्यु चार जना घाइते भएका छन। बिहीबार बेलुका करिब साढे ९ बजेतिर सुनछहरी गाउँपालिका वडा नं.६ फगाम धुम्सि स्थित रुईनिवाङ फगाम भित्री कच्ची सडक खण्डमा रुईनिवाङबाट फगाम तर्फ जाँदै गरेको लु१ज ४८८९ नम्बरको बोलेरो डबल क्याप गाडीको ब्रेक फेल भई बाटो देखि अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। दुर्घटनामा परि घाइते भएका सुनछहरी -६ फगाम बस्ने बर्ष ५७ की गौरा रोका मगरको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हाे भने दुर्घटनामा परि घा?इते हुनेमा सुनछहरी ६- बस्ने बर्ष ३५ को…
Read More
पक्राउ परेका  नेकपा (बहुमत )दाङका सेक्रेटरी अमर खड्काको अवस्था सार्वजनिक गर्न  माग

पक्राउ परेका नेकपा (बहुमत )दाङका सेक्रेटरी अमर खड्काको अवस्था सार्वजनिक गर्न माग

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई तत्काल सार्वजनिक र रिहाईको माग गरिएको छ । मिटरव्याज र लघुबित्तीय आतंकका बिरुद्ध जनताहरुले गरेको कारबाहीको बिषयलाई लिएर दाङ जिल्ला सेक्रेटरी अमरलाई गिरप्तार गरिको भन्दै उक्त पार्टीले रिहाइको माग गरेको हो । जनताहरु बैंकको शोषण, मिटरव्याज,लघुबित्त र सहकारीको चरम लुटपाटबाट प्रताडित छन् । कयौँ मानिसहरु आत्म हत्या गर्न बाध्य भएका छन् । यस प्रकारका रबैयाका बिरुद्ध प्रतिरोध गर्न र मिटरव्याजी बित्तीय माफियाहरु माथि जनकारबाही गर्न सर्वसाधारण जनतामा अपिल गरिएको छ । सोही बिषयमा दाङ जिल्ला लगाएत देशका बिभिन्न ठाउँमा जनताले आफ्नै पहल कदमीमा जनकारबाही संचालन गर्दै आएका छन् बिज्ञप्तीमा भनिएको छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search