Yug Post

सिन्धुलीको गोलाञ्जोरबाट हराएका १६ जनाको लोकेसन रामेछाप

सिन्धुलीको गोलाञ्जोरबाट हराएका १६ जनाको लोकेसन रामेछाप

सिन्धुलीको गोलाञ्जोरबाट हराएका १६ जनाको लोकेसन रामेछाप

सिन्धुलीको गोलाञ्जोरबाट हराएका हायु परिवारको लोकेशन रामेछाप देखाएको छ। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरबाट हराएका उर्मिला हायुको परिवारको मोवाइलको लोकेशन रामेछापमा देखिएको छ । एकै परिवारका १६ जना सम्पर्कविहीन गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी तीब्र बनाइएको प्रहरीले जनाएको छ । गोलाञ्जोर गाउँपालिका–६ का वडाअध्यक्ष रबिन श्रेष्ठका अनुसार उनीहरुले घरमा पालिएका चौपायमात्रै अलपत्र अवस्थामा भेटिएको र घरमा कोही पनि नरहेको वडाअध्यक्ष श्रेष्ठले बताए । अहिले उनीहरुको खोजी कार्य तीब्र बनाइएको वडाअध्यक्ष श्रेष्ठले बताए । उनीहरु बेपत्ता हुनुको कारण भने थाहा नभइसकेको बताइएको छ ।
Read More
माओवादी र  एकीकृत समाजवादीका नेतृत्वहरुको  सिंहदरबार छ्लफल जारी

माओवादी र एकीकृत समाजवादीका नेतृत्वहरुको सिंहदरबार छ्लफल जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार जारी छलफलमा प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहभागी भएका छन् ।  एकीकृत समाजवादीबाट नेपालसहित वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन् । शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले बताएको छ ।
Read More
अख्तियार प्रमुख राईमाथि छानविनको माग गर्दै अख्तियारमै उजुरी

अख्तियार प्रमुख राईमाथि छानविनको माग गर्दै अख्तियारमै उजुरी

अख्तियार प्रमुख राईमाथि छानविनको माग गर्दै अख्तियारमै उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि छानविनको माग गर्दै उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने युवराज पौडेलले उनीमाथि उजुरी दर्ता गराएका हुन् । वाइटवडी जहाज घोटला, नेपाल आयल निगम जग्गा घोटला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा राई मुछिएको भन्दै उनले छानविनको मागसहित उजुरी दर्ता गराएका छन् । साथै, विशेष अदालतले मुद्दा नं. ०८० सिआर ०१४५ को सन्दर्भमा राईमाथि मुद्दा नचलाइएको उल्लेख गरेको पनि उनले उजुरीमा भनेका छन् । ‘मिति २०८१ मंसिर २० गतेका दिन मुद्दा नं. ०८० सिआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक…
Read More
वाइसीएल नेपाल दाङले रासायनिक मल अभाव बारे ध्यानाकर्षण गर्दै सिडियोलाई  ज्ञापन पत्र  बुझायो

वाइसीएल नेपाल दाङले रासायनिक मल अभाव बारे ध्यानाकर्षण गर्दै सिडियोलाई ज्ञापन पत्र बुझायो

वाइसीएल नेपाल दाङले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ। वाइसीएलका केन्द्रीय उपमहासचिव बिरेन्द्र बिकको नेतृत्वमा गएको वाइसीएलको टिमले जिल्लाका किसानहरूलाई परेको मल अभावबारे ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। नेकपा (माओवादी केन्द्र )को सहाय संगठनले पछिल्लो चरणमा जनताको खेतबारीमा गएर श्रम गर्नुको साथै गरिब दुखिको बास बस्ने घर निर्माण सम्म गरिएको छ। तुल्सिपुरका आदर्श परियारको घर निर्माण मा जुटेको वाइसीएलले आज किसानको समस्या लिएर जिल्ला प्रशासन कार्यालय दाङ घोराही पुगेको छ।
Read More
लोडसेडिङ हटेको  ८ वर्ष पछि चितवनबाट  दैनिक ६ घण्टे लोडसेडिङ सुरु

लोडसेडिङ हटेको ८ वर्ष पछि चितवनबाट दैनिक ६ घण्टे लोडसेडिङ सुरु

नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते लागू हुनेगरी दैनिक ६ घण्टे लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, आकाशे पानी नपरेको अवस्था र रोपाईंको सिजनमा सिँचाइको माग उच्च रहेकाले विद्युत् लोड एकाएक बढेको र हालको प्रवाह क्षमताले धान्न नसक्ने अवस्था आएको जनाउँदै केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार चनौली वितरण केन्द्र अन्तर्गतका नारायणी(माडी, मेघौली(विजयनगर–शुक्रनगर, र जगतपुर(रामपुर फिडरहरूमा लोडसेडिङ हुनेछ। वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ के. भि. सब स्टेशनबाट आउने ३३ के. भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले…
Read More
रोल्पा त्रिवेणीको गाईबिसौनीमा घोराहीका एक पुरुष मृत भेटिए

रोल्पा त्रिवेणीको गाईबिसौनीमा घोराहीका एक पुरुष मृत भेटिए

रोल्पा त्रिवेणीको गाईबिसौनीमा घोराहीका एक पुरुष मृत भेटिएका छन् । घोराही १४ खोलीगाउँ घर भएका विक्रम बि क काम खोज्दै रोल्पाको सहिद मार्गको तिला दारबोट पुगेका थिए । त्याहाँ पुगेको एक दिनमै एकाएक हराएका थिए । स्थानीयले त्रिवेणीगाउँ पालिका ७ नम्बर वडाको गाई-बिसौना स्थित द्रर्भै खोलामा एक बेवारिसे ला श देखेर प्रहरीलाई खबर गरेपछि पत्ता लगाउदै जाँदा बिक्रम बि क को खुल्न आएको प्रहरीले युगपोष्टसँग बताएको छ । घटनाको थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउने प्रहरीले बताएको छ।
Read More
अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं : वर्षमान पुन

अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त' ले  ´अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं `भनेर स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरूरी रहेको बताए। प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं। कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रूपमा स्थापित गरेका छौं। उहाँको ब्राण्ड भ्यालु राम्रो छ,’ उनले भने।  यद्यपि अध्यक्ष प्रचण्डले पनि आफूलाई रूपान्तरणको  प्रयत्न भने गर्नुपर्ने बताए। पुनले पटक पटक मन्त्री, सांसद भएका…
Read More
रोल्पाको शहिद मार्ग लगायत भित्री सडकमा बेलुकी सवारीसाधन चलाउन रोक

रोल्पाको शहिद मार्ग लगायत भित्री सडकमा बेलुकी सवारीसाधन चलाउन रोक

रोल्पाका शहिदमार्ग लगायतका सडकमा साझ यातायात संचालन गर्ने रोक लगाएको छ। वर्षातको कारण पहिरो र ढुंगा खसेर जनधनको क्षति हुने सक्ने भएकाले रोल्पाको सहिद मार्गलगायत भित्री सडकमा सवारीसाधन चलाउन रोक लगाएको छ।मिति २०८२ /०४/ ०९ देखि २०८२ / ०५/ १५ गतेसम्म बिहान ५:३० देखी ६:०० सम्म आपतकालीन अवस्थामा प्रहरीसँगको समन्वयमा बाहेक संचालन गर्न रोक लगाए छ। जिल्ला प्रशासन कार्यालय रोल्पाले एक सूचना जारी गरि यस्तो जनाएको छ।
Read More
शिक्षकहरुलाई  धोखा हुन दिइनेछैन : प्रचण्ड

शिक्षकहरुलाई धोखा हुन दिइनेछैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरू माथि बेइमानी हुन नदिने बताएका छन्। सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यबारे जानकारी गराए। उनले भने, ‘तपाईँ लाखौँ आएर आन्दोलन गर्नुभयो। तर सरकारले अझै जालझेल गर्न खोज्दैछ। तर यो मुद्दा सरकारले जालझेल गरेर रोकिराख्न सक्दैन। तपाईँहरूले सोचेजस्तो सबै नहुनसक्ला तर भलै हामीले संविधानमा अगाडि जाने ढोका खुला गरेर सम्झौता गरेकै हो। त्यस्तो हुनसक्ला। तर, शिक्षकहरूलाई पूरै बेइमानी र धोखा हुन दिइनेछैन।’ शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गरेको भएपनि त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे।…
Read More
मधेसमा खडेरी जनजीवन प्रभावित

मधेसमा खडेरी जनजीवन प्रभावित

काठमाण्डौ – विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले ४७ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल बनाउनुपर्ने उहाँको भनाइ छ । जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मधेशमा ४७ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search