Yug Post

शिक्षकहरुलाई धोखा हुन दिइनेछैन : प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरू माथि बेइमानी हुन नदिने बताएका छन्।

सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यबारे जानकारी गराए।

उनले भने, ‘तपाईँ लाखौँ आएर आन्दोलन गर्नुभयो। तर सरकारले अझै जालझेल गर्न खोज्दैछ। तर यो मुद्दा सरकारले जालझेल गरेर रोकिराख्न सक्दैन। तपाईँहरूले सोचेजस्तो सबै नहुनसक्ला तर भलै हामीले संविधानमा अगाडि जाने ढोका खुला गरेर सम्झौता गरेकै हो। त्यस्तो हुनसक्ला। तर, शिक्षकहरूलाई पूरै बेइमानी र धोखा हुन दिइनेछैन।’

शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गरेको भएपनि त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे।

पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे।
उनले भने, ‘सरकार तयार नभएपछि तपाईँहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search