Yug Post

लोडसेडिङ हटेको ८ वर्ष पछि चितवनबाट दैनिक ६ घण्टे लोडसेडिङ सुरु

Advertisement

नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते लागू हुनेगरी दैनिक ६ घण्टे लोडसेडिङ तालिका सार्वजनिक गरेको छ।

अत्यधिक गर्मी, आकाशे पानी नपरेको अवस्था र रोपाईंको सिजनमा सिँचाइको माग उच्च रहेकाले विद्युत् लोड एकाएक बढेको र हालको प्रवाह क्षमताले धान्न नसक्ने अवस्था आएको जनाउँदै केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार चनौली वितरण केन्द्र अन्तर्गतका नारायणी(माडी, मेघौली(विजयनगर–शुक्रनगर, र जगतपुर(रामपुर फिडरहरूमा लोडसेडिङ हुनेछ। वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ के. भि. सब स्टेशनबाट आउने ३३ के. भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।

तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

कहाँ कतिबेला लोडसेडिङ ?

१. नारायणी–माडी फिडरहरू :
बिहान ६:०० – ९:०० बजे
दिउँसो ३:०० – ६:०० बजे

२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू :
बिहान ९:०० – १२:०० बजे
बेलुका ६:०० – ९:०० बजे

३. जगतपुर–रामपुर फिडरहरू :
दिउँसो १२:०० – ३:०० बजे
बेलुका ९:०० – १२:०० बजे

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search