१७ चैत्र २०८१ ०९:०१
१७ चैत्र २०८१ ०९:०१
रोल्पाका मनोज घर्तीमगर प्रेस सेन्टर नेपालको महासचिवमा भारीमतले निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र ) निकट पत्रकार संगठन कोप्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशनको आइतबार राति भएको मतदानको नतिजा अनुसार संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा उनको प्रतिद्वन्दी दीपेन्द्र शर्माले १४५ मत पाए । अध्यक्षमा कमल गिरी ,उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए । उपमहासचिव महिलामा लक्ष्मी…