Skip to main content

Yug Post

नव नेपाल क्याम्पसमा एकै परिवारका दुई दाजुबहिनी स्ववियुमा निर्विरोध निर्वाचित

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिका-५ स्थित नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचनको क्रममा एकै घरका दुई दाजुबहिनी निर्विरोध निर्वाचित भएका छन्। अनेरास्ववियुबाट प्रतिस्पर्धा गरेका उनीहरू बिना प्रतिद्वन्द्वी चयन भएका हुन्।

दाजु एकराज केसी र बहिनी राधिका केसी दुबै नव नेपाल क्याम्पसमा ब्याचलर प्रथम वर्षमा अध्ययनरत छन्। एकराज १८ वर्षका छन् भने राधिका १७ वर्षकी छन्। स्ववियुमा एकराज केसी सभापति पदमा निर्विरोध विजयी भएका छन् भने राधिका केसी सदस्य पदमा निर्वाचित भएकी छन्। उनीहरू खर्क बहादुर केसी र दीपा कुमारी केसीका कान्छा छोरा र कान्छी छोरी हुन्।

उनीहरू दुई दाजु-बहिनी बाहेक बाँकी नव नेपाल क्याम्पसमा अखिल क्रान्तिकारीबाट सचिव, कोषाध्यक्ष लगायत ९ जना निर्वाचित भएका छन् । नवनिर्वाचित टिमले विद्यार्थी हकहित संरक्षण र क्याम्पसको विकासका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search